काठमाडौ । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्ड’ ( pushpa kamal dahal ) ले चाँडै मधेसमा कब्जा गर्ने दावी गर्नुभएको छ ।

मधेस कब्जा गर्छौ, त्यसपछि पूरा देश कब्जा गर्नेछौ । हामी नआइ यो देश बन्दैन उहाँले भन्नुभयो ।

सर्लाही–काठमाडौं सम्पर्क समितिले राजधानीमा सोमबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो, ‘मधेसमा अरु पार्टीले होइन माओवादीले कब्जा जमाउनेछ । यसले मधेस र देशमा पनि बलियो सन्देश जानेछ ।’

माओवादी फेरि एक नम्बर पार्टी नभइ देशमा राजनीतिक स्थायित्व र विकास नहुने दावी गर्दै प्रचण्डले अभियान लिएर गाउँ–गाउँ जान नेता कार्यकर्तालाई निर्देश गर्नुभयो ।

‘जबसम्म माओवादी फेरि एक नम्बर पार्टी हुँदैन तबसम्म यो देशमा स्थायित्व र विकास हुँदैन,’ उहाँको ठोकुवा छ ।

उहाँले भन्नुभयो, ‘दलाल, जाली फटाहाले मधेसको मसिहा बनेर कसरी जनतालाई नै चुस्छन् भन्ने अभियान लिएर जानुहोस् ।’

सरकारलाई पूर्णता दिने विषयमा आज पनि छलफल भएको बताउँदै उहाँले भोलि पनि बसेर यसबारेमा ठोस कुरा हुने जानकारी दिनुभयो ।

प्रचण्डले छिट्टै प्रदेश १ को सरकार ढल्ने र त्यहाँ आफूहरुकै कब्जा हुने ठोकुवा समेत गर्नुभयो ।

सम्बन्धित खबरहरु