काठमाडौ । घटनापनि कस्तो हुन्छ । कसैलाई गर्भमै टुहुरो बनाइदिन्छ । गर्भ अवस्थामा नै विधुवा बनाई दिन्छ ।

घरमा गर्भवती श्रीमती र बा–आमालाई छिट्टै धन कमाएर आउने भन्दै भारत गएका सल्यानका दुई युवा अब कहिल्यै नआउनेगरी अस्ताएका छन् ।

हिमाचल प्रदेशको किन्नोर जिल्लामा दुबैजना चढेको बसलाई अचानक माथिबाट आएको पहिरोले बगाएपछि घरमा आउँदै गरेका सुरेश र जगतको यात्रा सधैका लागि अन्त्य भएको दु:खद खबर गाउँमा आएको छ ।

सल्यानको त्रीवेणी गाउँपालिका–३ टोट्के निबासी सुरेश खत्री र जगत वलीले बस चढ्नु अघि आफूहरु घर आउन लागेको भन्दै आ–आफना श्रीमती र घरपरिवारलाई जानकारी गराएका थिए ।

२७ गते दिउँसो १२ बजे पहिरोले बगाएर बस ६ सय मिटर तल पुगेको भारतीय संचार माध्यमले जानकारी दिएका छन् ।

सुरेश मृत अवस्थामा फेला पारेर आफन्तले अन्तिम संस्कार गरे । उनिसंगै रहेका जगत भने वेपत्ता भएको पिडितका आफन्त नाता पर्ने तथा एमाले नेतृ पवित्रा केसीले जानकारी दिनुभयो ।

करिब साढे चार महिनाको अवधिमा हिमाचल प्रदेशमा स्याउ टिपेर साथी र आफ्नो समेत गरेर एक जनाले ८०–९० हजार भारतीय रुपैयाँ लिएर आउँदै गरेका श्रीमानको मृत्युको खबरले श्रीमती बेहोस अवस्थामा रहेको नेतृ केसीले बताउनुभयो ।

सुरेश र जगत विवाह गरेको ऋण तिर्न र घर खर्च चलाउनका लागि गएको चैत्र ३ गते हिमाचल प्रदेशमा स्याउ टिप्न गएका थिए ।

जगत वली, नोख बहादुर वलीको माइला छोरा र सुरेश केसी, भुपाल खत्रीका कान्छा छोरा हुनुहुन्छ ।

सुरेशको श्रीमतिको भदौ ६ र जगतको श्रीमतीको भदौ महिनामा बच्चा जन्मिने मिति रहेको केसीले बताउनुभयो । कस्तो अन्याय दुबैका बच्चा जन्मिने अवस्थामा थिए । सुत्केरी खर्च जुटाउन गएका थिए ।

तर यो धर्तीमा आउँने ती सन्तानको मुख उनीहरुले हेर्न पाएनन् । न त ती शिशुहरुले आफ्नो बाबु नै देख्न पाउनेछन् ।

सोही घटनामा परेर अहिले सम्म १७ जनाको मृत्यु भएको छ । पहिरोले बस, ट्रक, जिप र कार सहित १० वटा पुरेको भारतिय सञ्चार माध्यमले जनाएको छ ।

सम्बन्धित खबरहरु