काठमाडौ । कैलालीका धरणिधर भट्ट ( DHARANIDHAR BHATTA ) त्रिभुवन विश्वविद्यालयकै सर्वोत्कृष्ट दोस्रो परीक्षार्थी बन्नुभएको छ ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, ( tribhuvan university faculty of management ) डीनको कार्यालयबाट मिति २०७७ माघ ०५ ( 18th january 2021) देखि मिति २०७७ माघ १५ ( 28th January 2021 ) सम्म सञ्चालन भएको Bachelor of Business Management (BBM) कार्यक्रमको प्रथमसत्र नियमित परीक्षाको प्रकाशित नतिजामा भट्टले सर्वोत्कृष्ट दोस्रो अंक ल्याउनुभएको हो ।

उहाँले ३ दशमलव ८८ सीजीपीए ल्याएर यो स्थान ओकट्नुभएको कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक टेक बहादुर मडईले जानकारी दिनुभयो ।

उहाँले सामाजिक सञ्जालमा नै पोष्ट गरेर बधाई दिनुभएको छ । भट्टको यो नतिजामा आफन्त, साथीभाई सबैले खुशी मनाईरहेका छन् ।

सामाजिक सञ्जालमा भट्टलाई बधाईको ओइरो लागेको छ । एकाग्रता, लगनशील र अथक प्रयासबाट सफलताको शिखर चुम्न सकिन्छ भन्ने उदाहरण भएको प्रसंशकहरुले लेखिरहेका छन् ।

भट्टले दृढ आत्मबलबाट उर्जाशील बनि गुरु एवं क्याम्पसको प्रेरणा र मार्गदर्शनलाई जीवन रेखा शिरोधार्य गर्दै कैलाली बहुमुखी क्याम्पसको शैक्षिक उन्नयमा नयाँ आयामको क्रम जोड्न सक्षम भएको बताइएको छ ।

अनुकरणीय चरीत्र तथा वौद्धिक कुशाग्रताको मणी २०७७ सालको Bachelor of Business Management (BBM) first semester मा अहिले सम्मकै उत्कृष्ट 3.88 CGPA ल्याई कैलाली बहुमुखी क्याम्पस टप तथा त्रिभुवन विश्वविद्यालयकै दोस्रो बन्न सफल धरणिधर लाई हार्दिक बधाई तथा अब त्रिवि प्रथमका लागि अग्रिम शुभकामना व्यक्त !!

Congratulations to brilliant student DHARANIDHAR BHATTA for being a second topper of TU by securing 3.88 CGPA in the BBM first semester. I wish you all the best and keep it up

अंग्रेजीमा पढ्नुहोस्

सम्बन्धित खबरहरु