काठमाडौं । २० वर्षपछि अफगानिस्तानबाट आफ्नो अन्तिम अमेरिकी सैनिक फिर्ता लिएर गएको अमेरिकाले ठुलो उद्घोष गरेको छ । सैनिक फिर्ता भएपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अमेरिकाले अफगानिस्तानमा नयाँ कूटनीतिक अभियान सुरु गरेको बताएका हुन् ।

एन्टोनी ब्लिन्केनका अनुसार अमेरिकाले काबुलमा रहेको आफ्नो दूतावास बन्द गरी कतारको राजधानी दोहा सारेको छ । एन्टोनी ब्लिन्केनले अमेरिकी जनतालाई सम्बोधन गर्दै गदर्ता सो कुरा बताएका हुन् । उनले भने, ‘अब अन्तिम अमेरिकी सैन्य उडान पूरा भएको छ र हाम्रा सेनाहरु अफगानिस्तानबाट बाहिरिएका छन् ।

अफगानिस्तानसंग अमेरिकाको सम्बन्धमा एक नयाँ अध्याय शुरू भएको छ, जसमा हामी हाम्रो कूटनीति संगै अगाडी बढ्नेछौं । सैन्य अपरेशन पूरा भयो । एक नयाँ कूटनीतिक मिशन शुरू भयो ।’ उनले भने कि अफगानिस्तानबाट १२३,००० मानिसहरुलाई निकालीएको पनि उल्लेख गरेका छन् । जसमा ६००० भन्दा धेरै अमेरिकी सैनिकहरु छन् ।

उनले भनेका छन, ‘आजदेखि हामीले काबुलमा हाम्रो कूटनीतिक उपस्थिति बन्द गरेका छौं र दूतावास दोहा सारिएको छ । हामी यसबारे कांग्रेस (संसद) लाई छिट्टै सूचित गर्नेछौं । अफगानिस्तानको राजनीतिक र सुरक्षा स्थितिलाई ध्यानमा राख्दै यो एक राम्रो कदम लिइएको छ ।’

सम्बन्धित खबरहरु