काठमाडौं । प्रदेश १ सरकारले पूर्णता नपाउँदै बहुमत गुमाउने अवस्था देखिएको छ । बहुमत प्राप्त दल नेकपा (एमाले) विभाजनको असर प्रदेश सभामा पनि प्रस्ट देखा परेपछि सरकारले बहुमत कायम राख्न नसक्ने अवस्था बनेको हो । प्रदेश १ को ९३ सदस्यीय प्रदेश सभामा नेकपा (एमाले) सँग ५१ सांसद छन् ।

सरकार गठन गर्न आवश्यक ४७ भन्दा बढी सांसद भएको बहुमत प्राप्त दल विभाजन भएपछि सोमबार साँझसम्म नयाँ दल नेकपा (एकीकृत समाजवादी)मा १० जना सांसद खुले का छन् ।

एकीकृत समाजवादीले बुधबार दिउँसो सम्म यो सङ्‍ख्या कायम राखेको खण्डमा एमाले सँग ४१ सांसद मात्र बाँकी रहने छन् ।

सभामुखले मत बराबर भएको अवस्थामा बाहेक मतदान गर्न नपाउने र एमाले सांसद गुलेफुन खातुन अदालतबाट फौजदारी अभियोगमा सजाय हुने फैसलापछि फरार भएका कारण मतदानमा सहभागी हुने सम्भावना नरहेकाले विश्वासको मत लिँदा एमालेले बढीमा ३९ मत मात्र पाउन सक्ने अवस्था छ ।

मुख्यमन्त्री भीम आचार्यलाई नेपाल समूहमा रहेका १८ जना सांसदमध्ये आठ जनाले साथ दिनुभएको छ ।

बाँकी १० सांसद भने नयाँ दलमा आबद्ध हुने तयारीमा हुनुहुन्छ । वर्तमान सरकारलाई विश्वासको मत पाउन ४७ मत चाहिन्छ ।

सांसदले नयाँ दलमा आबद्ध हुने सूचना निर्वाचन कार्यालयमा दिएलगतै विपक्षी गठबन्धनमा रहेका दलहरूले सरकारसँग बहुमत कायम नभएको भन्दै प्रदेश प्रमुखसमक्ष निवेदन बुझाउने तयारी गरेका छन् ।

प्रदेश सभामा नेपाली काँग्रेसका २१, नेकपा (माओवादी केन्द्र)का १५, सङ्‍घीय समाजवादी पार्टीका दुई, सङ्‍घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक÷एक सांसद हुनुहुन्छ ।

मुख्यमन्त्री आचार्य नेतृत्वको सर कारले बहुमत जुटाउन नसकेको खण्डमा प्रदेश १ मा विपक्षी गठबन्धनले नयाँ सरकार बनाउने सम्भावना छ ।

नेपाली काँग्रेसका संसदीय दलका नेता राजीव कोइराला र नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्रकुमार राईलाई सम्भावित मुख्यमन्त्रीको दाबेदारका रूपमा हेरिएको छ ।

सम्बन्धित खबरहरु