काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अत्यन्तै जरूरी सूचना जारी गरेको छ ।

त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्ज चिकित्सा क्याम्पस महाराजगञ्ज, काठमाडौंले सूचना जारी गरेको हो ।

विभिन्न पदका लागि कर्मचारी आवश्यकता भएकोबारे सूचना प्रकाशित भएको छ ।

उप–प्राध्यापक, कम्प्यूटर अपरेटर (मूख्य प्राविधिक सहायक) पदका लागि १३ जना कर्मचारी चाहिएको सूचना जारी गरिएको छ । आजको गोरखापत्र दैनिकमा प्रथम पटक प्रकाशित मिति २०७८।०५।१५ मा सूचना प्रकाशित गरिएको हो ।

जारी सूचनामा भनिएको छ, ‘यस क्याम्पसका लागि निम्न लिखित विषय र पदमा बढीमा १ वर्षका लागि करार सेवामा नियुक्ति गर्नुपर्ने भएकोले योग्य नेपाली नागरिकले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन फाराम भरी बुझाउनुहुन यो सूचनाद्वारा सूचित गरिन्छ । विस्तृत जानकारीका लागि यस क्याम्पसको सूचना पाटीमा हेर्नुहोला ।’

सम्बन्धित खबरहरु