काठमाडौ । हामी अहिलेको आधुनिक युगमा समेत कल्पना नै गर्न नसक्ने तथ्यको प्रसंग कोट्याउँदैछौ ।

धेरैलाई थाहा छ ब्रह्माण्डको सृष्टि ब्रह्माले गर्नुभयो । ब्रह्माले सृष्टि रचेपछि यसको सञ्चालनका लागि ब्रह्माले आफ्नो १० मानव पुत्रहरुलाई जन्म दिनुभयो ।

जसलाई हिन्दु ऐतिहासिक ग्रन्थहरुमा प्रचेट भनिन्छ। ब्रह्माले उहाँहरुलाई ब्रह्माण्ड चलाउने जिम्मेवारी दिनुभयो । अब सृष्टि अघि बढाउन त महिला र पुरुषबीच विवाह हुनु पर्यो ।

सन्तान उत्पादन हुनु पर्यो । यसका लागि चन्द्रमाले यी सबै मानवपुत्रलाई वृक्ष कन्या जो यक्षकी बहिनी मरिषासँग विवाह गराउनुभयो । ( What the Lives of Wives Who Have Several Husbands Look Like )

१० मानव पुत्र प्रचेता नामले परिचित थिए उनीहरुसँग विवाह गरेपछि मरिषा प्रचेती तथा प्रचीती नामले चिनिन थालिन् ।

उनै मरिषा अर्थाता प्रचीती र मानव पुत्र प्रचेताको संयोग र चन्द्रमाको शक्तिले दक्ष प्रजापतिको जन्म भयो । त्यपछि दक्ष प्रजापतिले सृष्टिलाई थप अघि बढाए । त्यही बेलादेखी विजबाट जन्महुने सुरुवात भयो ।

दक्ष प्रजापतिले धेरै कन्याको जन्म गराए । उनले आफ्नी १० कन्याको विवाह धर्मसँग गराए, २७ कन्याको विवाह चन्द्रमासँग गराए र उनैकी पुत्री सतिदेवी भगवान शिव महादेवसँग विवाह गराए ।

यसरी सुरुवात भएको हो सृष्टि । अहिले त्यही रितमा अघि बढिरहेको छ । यद्यपी अहिलेको आधुनिक समाजले बहुपति वा बुपत्नी भने स्वीकार गर्न सक्दैन ।

सम्बन्धित खबरहरु