नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रतिपक्षीको घुर्काइमा एक कदमपनि पछि नहट्ने दावी गरेका छन् ।
बिपक्षी दलहरु प्रति कटाक्ष गर्दे ‘ बिरालेले बाघलाई जिस्काएको नसुहाउने ’ टिप्पणी गरे । आइतबार संविधानसभामा आफ्नो पक्षका सभासद्हरु बृफिङ गर्दै आफुहरु प्रतिपक्षको प्रतिवादमा नलाग्ने तर आइलागेमा अब चुप लागेर नबस्ने कडा चुनौती समेत पेस गरेका थिए ।
निर्देशनका क्रममा ओलीले सभासद्हरुलाई भने अब संविधान सभा प्रक्रियामा अघि बढ्यो, जनतालाई ढुक्क हुनुस् भन्ने सन्देश प्रवाह गर्नुहोस्, मुलुकले निकास पायो ।
उनले सभामुखले १० दिनको समय सिमा दिएको भन्दै त्यस अवधिमा प्रतिपक्षी दलहरुसँग सहमति जुट्ने आसा व्यक्त गरेका थिए ।
उनले एकिकृत नेकपा माओवादी लगाएतका प्रतिपक्षी दलहरुले सहमति गरेका बिषय पनि बैठक सकिए पछि सहमति भन्दै हिड्ने गरेका भन्दै वार्ताको औचित्य भने नभएको जिकिर गरे ।
उनले प्रतिपक्षी दलहरुले गड्यौला जस्तो बाटो फेरेको भन्दै चर्को आलोचना गरे ।