काठमाडौं । सुदूरपश्चिम प्रदेशका १० सांसदले नेकपा एमाले त्यागेर नेकपा एकीकृत समाजवादी एकीकृत समाजवादी रोजेका छन् ।

नेकपा एमालेका १० प्रदेशसभा सदस्यले नेकपा एकीकृत समाजवादी रोजेका हुन् ।

तीन जनाको भने कागजपत्र नपुगेकाले मंगलबार सनाखत हुन सकेको छैन । राजनीतिक दलसम्बन्धी अध्यादेश आएपछि माधवकुमार नेपाल समूहले एमाले फुटाएर नेकपा एकीकृत समाजवादी बनाएको थियो ।

निर्वाचन आयोगले प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरुलाई दल रोज्न २२ भदौसम्म समय दिएसँगै नेताहरुले दल फेरबदल गरिरहेका छन् ।

यो बीचमा सूदुरपश्चिममा मंगलबार १० सांसदले प्रादेशिक निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादी रोजेको जानकारी दिएका हुन् ।

एकीकृत समाजवादीकी केन्द्रीय सदस्य एवं सांसद पूर्णा जोशीले सांसदको संख्या १४ भन्दा धेरै हुने बताउनुभयो । एकीकृत समाजवादी रोज्नेहरु

  • दुर्गा विक
  • पूर्णा जोशी
  • माया भट्ट
  • अम्मरबहादुर साउद
  • कुलवीर चौधरी
  • मना साउद
  • सुशीला बुढाथोकी
  • बलबहादुर सोडारी
  • लालबहादुर खड्का
  • चुनकुमारी चौधरी

कागजपत्र नपुगेका सांसदहरु

  • दीर्घ सोडारी
  • तारा लामा तामाङ
  • अर्चना गहतराज

सम्बन्धित खबरहरु