काठमाडौ । आजदेखि औपचारिक रुपमा हिमालय टेलिभिजन एचडीको प्रधान सम्पादकमा जिम्मेवारी चर्चित युवा पत्रकार राजेन्द्र बानियाँले सम्हाल्नु भएको छ ।

उहाँ टेलिभिजन टक शो सञ्चालनमा चर्चित हुनुहुन्छ । पछिल्लो समयको चर्चित टेलिभिजन हिमालय एचडी उहाँको जिम्मेवारीले थप उचाईमा पुग्ने आशा राखिएको छ ।

उहाँले सञ्चालन गर्ने यक्ष प्रश्न नामक टेलिभिजन टक शो निक्कै चर्चित छ । उहाँले एभिन्यूज टेलिभिजनबाट हिमालय एचडीमा पुग्नुभएको हो ।

एभिन्यूज टेलिभिजनमा रहँदा उहाँले रेकर्ड गरेको कार्यक्रम प्रशारण नभएपछि उहाँले टेलिभिजन नै छोड्ने निर्णय लिनुभयो ।

पत्रकारका लागि सम्पादकीय अधिकार जहाँपनि सुनिश्चित हुनुपर्छ भन्ने उहाँको विचारलाई नेपाली पाठक, दर्शकले खुबै मन पराएका छन् ।

उहाँले एभिन्यूज टेलिभिजनले सम्पादकीय अधिकार खोसेकै कारण टेलिभिजन छोडेको बताउनुभएको थियो । उहाँ पछिल्लो समयको चर्चित पत्रकारमा पर्नुहुन्छ ।

 

सम्बन्धित खबरहरु