काठमाडौं । तपाईंले चोरीसम्बन्धी अनेक घटनाहरु देख्नु/सुन्नु भएको हुनुपर्छ । यस्तै पत्याउन गाह्रो पर्ने एक घटना बाहिर आएको छ ।

भारत, नयाँ दिल्ली, गाजियाबादको राजनगरमा एक वृद्ध व्यापारी र उनकी श्रीमतीको घरमा चोरीसम्बन्धी अनौठो घटना सार्वजनिक भएको हो ।

पूर्व मेयर आशु वर्माको राजनगर सेक्टर–९ कोठी नजिकै वृद्ध दम्पती सुरेन्द्र वर्मा र उनकी श्रीमती अरुणा वर्मा बस्छन् ।

उनीहरुको बुलन्दशहर सडक औद्योगिक क्षेत्रमा कारखाना थियो, जुन बन्द भैसकेको छ । सुरेन्द्र वर्माका तीन विवाहित छोरीहरु छन्, जो विदेशमा बस्छन् । सोमबार बिहान करिब ४ बजे चारजना अनुहार छोपेर घरभित्र पसेका ( old businessman and wife looted by goons in their house in ghaziabad ) थिए ।

विभिन्न हातहतियारसहित घरभित्र पसेका उनीहरुले दम्पतीलाई डोरीले बाँधेर चोरी गरेका हुन् । चोरहरुले भारु डेढ लाख (३ लाख २० हजार रुपैयाँ) नगद र भारु चार लाख (६ लाख ४० हजार रुपैयाँ) को गरगहना लिएर गएका हुन् । दिल्लीको कविनगर प्रहरी जानकारी पाएपछि घटनास्थल पुग्यो ।

प्रहरीले उजुरी दायर गरेर अनुसन्धान थालेको जानकारी दिएको छ । चोरी गरेर जानुपूर्व उनीहरुले वृद्ध दम्पतीको खुट्टा समातेर माफी मागेका थिए ।

खुट्टा समातेर उनीहरुले वृद्ध दम्पतिलाई भने, ‘हामीलाई माफ गर्नुहोस् । हामी छ महिना पछि पैसा र गहना फिर्ता गर्नेछौं ।’ झण्डै ९ लाख रुपैयाँ बराबरको चोरी गरेर जाने बेलामा उनीहरुले भारु ५०० (८०० रुपैयाँ) वृद्ध दम्पतिलाई दिएका थिए ।

सम्बन्धित खबरहरु