काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमालेका पूर्व नेता माधवकुमार नेपाल र झलनाथ खनालको साथ छोड्नुभएको छ ।

उहाँले माधव नेपाल र झलनाथ खनालले खोलेको नयाँ पार्टीमा नजाने बताउनुभएको हो । यसअघि उहाँले माधव नेपाल र झलनाथ खनालसँगै रहेको वक्तव्य दिनुभएको थियो ।

वामदेव पत्नी तुलसा थापा नेकपा एसले निर्वाचन आयोगबाट मान्यता पाउने दिन सनाखतका लागि निवेदन लिएर गए पनि कार्यालय समय सकिएको भन्दै दर्ता भएको थिएन ।

उहाँ कानूनी रुपमा एमालेकै सांसद हुनुहुन्छ । अब गौतमपनि माधव नेतृत्वको पार्टीमा नजाने हुनुभएको हो ।

गौतमले माधव नेपालसँग उपप्रधानमन्त्रीसहित गृहमन्त्री मागेको र सहअध्यक्ष चाहिने भनेको चर्चा चलिरहेको बेला गौतमले भने विचारमा कुरा नमिलेको स्पष्ट पार्नुभएको छ ।

गौतमले आफू निकट कार्यकर्तासँग जनताको वहुदलीय जनवाद नमान्ने हो भने आफू माधव नेपालसँग नजाने बताइसकेका कारण चाँडै मुलघरमा नै फर्किने बताउनुभयो ।

गौतमलाई उदृत गर्दै एक निकटले पुष्टि गर्नुभयो अहिले वामदेवले मन्त्री माग्यो, दुई अध्यक्ष हुनुपर्छ भन्यो भनेर प्रचार गरिएको छ ।

खासमा मैले जबज नमान्ने हो भने साथ दिन सक्दिन । अहिले झलनाथ र माधव नेपालले जबज त्यागेको देखियो, त्यसो हो भने उनीहरुसँग जान सकिन्न भन्नुभएको हो ।

गौतम निकटका बाँकी रहेका केही केन्द्रीय सदस्यहरु भने माधव नेपालको पार्टीमा समावेश भइसकेको अवस्था छ । गौतम एमालेभित्र जबजका पक्षधर मानिनुहुन्छ ।

उहाँले नेकपाकालमा पनि जबजको वकालत गर्नुभएको थियो । उहाँ समाजवाद यही एमालेले ल्याउनुपर्छ त्योपनि जबजकै यात्राबाट भन्ने गर्नुहुन्छ । जनताको बहुदलीय जनवाद जननेता मदन भण्डारीले प्रतिपादन गरेको राजनीतिक सिद्धान्त हो ।

 

सम्बन्धित खबरहरु