Read today's horoscope prepared by Perfect Jyotish: Wednesday, September 1, 2021. २०७८ भाद्र १६ गते, बुधबार, १ सेप्टेम्बर २०२१। चन्द्रराशि– मिथुन।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : आज स्वास्थ्यमा समस्या आउँदा धन खर्च हुने योग रहेको छ । शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । मनमा चञ्चलता पनि बढ्नेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) : आज विद्या र बुद्धिको विकास हुनेछ । मङ्गल कार्यको योग छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला । रोजगारको अवसर मिल्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) : आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मान प्रतिष्ठामा वृद्धि होला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) : आज शुभकार्यको चर्चा चल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । व्यापारमा सफलता र रुचि बढ्नेछ । उपहारको सम्भावना पनि छ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : व्यर्थको यात्रामा जान बाध्य भइएला । मन खिन्न हुने स्थिति आउनेछ । पेट सम्बन्धी समस्या आउला । शेयर बजारको लगानीले पनि साथ नदेला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । बौद्धिकताको विकास हुनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) : मानसिक चिन्ता बढेपनि कार्यक्षेत्रमा प्रगति हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । पुँजीबजार या शेयर बजारको लगानीले धन प्राप्त हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) : आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । अरुको मन जित्न सकिनेछ । लाभदायक यात्राको योग छ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) : आज कार्य सम्पादनमा समस्या आउला । सरकारी निकायको भय रहनेछ । मनमा शङ्का र अविश्वास उत्पन्न हुनेछ, तर आर्थिक लाभ भने हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : अचल सम्पत्ति हात पर्ने योग छ । धार्मिक कार्यमा रुचि बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) : आज शुभकार्यको चर्चा चल्नेछ । नयाँ काम वा रोजगार पाइनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत पनि बढ्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : मङ्गल कार्यको योग छ । चिताएको कामले तीव्रता लिनेछ । व्यापार, व्यवसायबाट फाइदा लिन सकिनेछ । महिला मित्रबाट विशेष सहयोग मिल्नेछ ।

सम्बन्धित खबरहरु