काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा बुधबार (आज) पनि सुनुवाइ हुन सकेको छैन ।

सापकोटाविरुद्धको मुद्दा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा थियो । जबरा नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा हुनुहुन्छ ।

तर अदालत प्रशासनले दिएको जानकारी अनुसार उहाँविरुद्धको मुद्दालाई हेर्न नमिल्नेमा राखिएको छ । यसअघि ३० फागुन २०७६ मा पनि यो मुद्दा पेशीमा चढाइएको थियो, तर हेर्न नभ्याएपछि सुनुवाइ सरेको थियो ।

तपाईंलाई जानकारी गराउ कि यसअघि २०७६ फागुन ३० गते सभामुख सपकोटाविरुद्धको मुद्दा पेशीमा चढाइएको थियो, तर मुद्दा हेर्न नभ्याएपछि सुनुवाइ सरेको थियो । सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको ज्यान लिएको घटनामा संलग्न भएको आरोपमा सापकोटाविरुद्ध सर्वोच्चमा उजुरी परेको छ ।

उहाँकी पत्नी पूर्णिमायाले दायर गरेको जाहेरीमा वि.सं. २०६२ वैशाख १६ गते श्रीकृष्ण मावि दाप्चामा अभिभावक भेला स्थलबाट लामालाई केहि व्यक्तिहरुले साथमा लिएर गएका थिए ।

साउन तेस्रो साता लामालाई जिउँदै खाल्डोमा पुरिएको थियो । उहाँकी पत्नी पूर्णिमायाले २०६४ सालमा जाहेरी दिनुभएको थियो । पूर्णिमायाको जाहेरी प्रहरी नलिएपछि उहाँले सर्वोच्चमा उजुरी दिनुभएको हो ।

सर्वोच्चले २०६४ फागुन २२ गते आदेश दिएपछि जाहेरी दर्ता भएको थियो । तर, तत्कालिन बाबुराम भट्टराई नेतृत्वको सरकारले सापकोटाविरुद्धको जाहेरी तामेलीमा राख्ने निर्णय गरेको थियो ।

त्यस निर्णयविरुद्ध लामाकी पत्नी फेरि सर्वोच्च अदालत पुग्नु भएको थियो । त्यसपछि सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको थियो । यो मुद्दा सर्वोच्चको संवैधानिक इजलासमा विचारधीन छ ।

सम्बन्धित खबरहरु