काठमाडौं । मिर्गाैलापीडित ताराखोला गाउँपालिका–२ अर्गलका भीमबहादुर घर्ती मगरको उपचारमा लोक सम्पदा अध्ययन अनुसन्धान अभियानले आर्थिक सहयोग गरेको छ ।

दुवै मिर्गौैलाले काम गर्न छोडेपछि प्रत्यारोपणको तयारीमा रहनुभएका मगरलाई अभियानमार्फत रु सात लाख १२ हजार तीन सय दुई उपलब्ध गराइएको हो ।

उक्त सहयोग रकम मङ्गलबार बिरामीका परिवारजनलाई हस्तान्तरण गरिएको अभियानका अध्यक्ष याम घर्ती मगरले जानकारी दिनुभयो । मिर्गाैला प्रत्यारोपणका लागि भीमबहादुरको परिवारमा अर्थाभाव भएपछि सहयोग अभियान चलाइएको उहाँको भनाइ छ ।

अभियानको संयोजनमा जापानमा रहनुभएका झकु मगर, गङ्गा घर्ती मगर, मेलिसियमा रहनुभएका प्रकाश मगर, बहराइनबाट जीवन रोका मगर, थम्मन नाइसा मगर, मिलन मगरलगायतको पहलमा आर्थिक सहयोग जुटाइएको थियो ।

सहयोग रकम बुझेपछि भीमबहादुरका आफन्तजनले अभियानप्रति आभार प्रकट गरेका थिए । अर्थाभावका कारण उपचारबाट वञ्चित हुन नपरोस् भनेर देशविदेशबाट सहयोग जुटाइएको अभियानले जनाएको छ ।

यसअघि ताराखोला–४ का ५५ वर्षीय ओमबहादुर घर्ती मगरको मिर्गौला प्रत्यारोपणका लागि पनि अभियानले रु दुई लाख दुई हजार तीन सय ६० सहयोग गरेको थियो ।

दाइ ६२ वर्षीय डमप्रसादले मिर्गौला दान गरेपछि गत महिना शहीद धर्मभक्त राष्ट्रिय मिर्गाैला प्रत्यारोपण केन्द्र, भक्तपुरमा ओमबहादुरको मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।

यस्तै वडा नंं ३ हिलकी मतिकला छन्त्यालको उपचारका लागि गत फागुनमा रु तीन लाख ६२ हजार ६ सय ५० सहयोग गरिएको अध्यक्ष मगरले बताउनुभयो । रूखबाट लडेर मेरुदण्ड भाँचिएपछि छन्त्याल अहिले पनि उपचाररत हुनुहुन्छ ।

“अहिलेसम्म तीन जना बिरामीको उपचारका लागि आर्थिक अभियान चलायौँ,” अध्यक्ष घर्ती मगरले भन्नुभयो, “लोक, संंस्कृतिको खोज र प्रवद्र्धनसँगै मानवीय सेवाका क्षेत्रमा पनि अभियान समर्पित छ ।”

भीमबहादुरको उपचारका लागि अर्गल खेलकुद विकास मञ्चले पनि आर्थिक अभियान थालेको जनाइएको छ ।

सम्बन्धित खबरहरु