काठमाडौ. । त्रिभुवन विश्वविद्यालयले एकसाथ धेरै विषय र सेमेष्टरको परीक्षाफल प्रकाशित गरेको छ । त्रिवि मानविकी तथा सामाजिक शास्त्रले स्नातकोत्तर तह अन्तर्गतका विभिन्न विषयहरुको नतिजा सार्वजनिक गरेको हो । स्नातकोत्तर तह पहिलो सेमेष्टर २०२० ब्याचको परीक्षाफल प्रकाशित गरिएको त्रिविले जानकारी दिएको छ ।

त्रिविले बौद्ध अध्ययन, हिन्दी, पुस्तकालय विज्ञान, जनसंख्या अध्ययन, खेल विज्ञान, पर्यटन र आतिथ्यसहित अन्य केहि विषयहरुको परीक्षाफल जारी गरिएको छ । यी परीक्षाहरु सन् २०२० फेब्रअरी र अप्रिलमा परीक्षा सञ्चालन गरिएको थियो ।

साथै, त्रिविले प्रकाशित नतिजामा कुनै कारणबस छुट हुन गएको वा पुनर्योग गर्नु पर्ने भएमा मिति २०७८ असोज १ गते भित्र मानविकी तथा सामाजिक शास्त्र संकाय, डीनको कार्यालयमा आई निवदेन दिनु पर्ने जानकारी दिएको छ ।

प्रकाशित नतिजामा भूलबस कुनै त्रुटी हुन गएमा उक्त नतिजा सच्याउने अधिकार मानविकी तथा सामाजिक शास्त्र संकाय, डीनको कार्यालयमा सुरक्षित रहने स्पष्ट पारिएको छ । प्रकाशित नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोला

सम्बन्धित खबरहरु