काठमाडौं । महाधिवेशन र सत्ता संघर्षले नेपाली कांग्रेसमा फुटको नजिक छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आकांक्षीहरूबाटै सभापतिको उम्मेदवार छान्ने तयारी गरेपछि यता सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा समूहमा पहिरो गएको छ ।

देउवा फेरीपनि सभापतिको आशामा रणनीति बनाइरहनुभएको छ । उता रामचन्द्र पौडेल एक पटक प्रधानमन्त्री बनेर इतिहास राख्नका लागि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नजिक बन्नुभएको छ ।

रामचन्द्रले पार्टी फुटाएर प्रधानमन्त्री बन्ने रणनीति बनेको चाल पाएपछि देउवापनि ओलीसँग नै निकट बन्नुभएको छ ।

रामचन्द्रले पार्टी फुटाएपनि देउवाले ओलीसँग आफैले सहकार्य गर्ने र एमाले, कांग्रेसको सरकार बनाएर चुनाव गर्ने रणनीतिमा देउवा लाग्नुभएको खुल्न आएको छ ।

एमाले अध्यक्ष ओलीपनि देउवासँग मिलेर चुनावी सरकार बनाउँन चाहानुहुन्छ । दुबैले अर्ली इलेक्शन ( अग्रिम चुनाव ) चाहेका कारण दुबैको मत मिल्दै गएको श्रोतको दावी छ ।

यही विषयमा ओली र देउवाबीच फोन सम्वाद समेत भएको छ । यता रामचन्द्रले त पार्टी फुटाएर नै सत्ता सहकार्य गर्नेगरी ओलीसँग निरन्तर भेटवार्ता गरिरहनुभएको श्रोतको पुष्टि छ ।

वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखरकोइरालामध्ये एक जना सभापति उम्मेदवार हुने गरी सहमति जुटाउने र उही समूहबाट सरकार सञ्चालनका लागि निर्णय लिनेगरी छलफल चलेको श्रोतको दावी छ ।

प्रधानमन्त्री पाउने भए पौडेलले सभापतिको दावी छोड्ने, सभापति पाए महामन्त्री कोइरालाले अरु मिलाउने बचन आइरहेकाले सभापति पदसँग अनिवार्य प्रधानमन्त्री साट्नुपर्ने पौडेल समूहको छ । यसका लागिपनि कांग्रेस फुट्ने तयारी हालतमा छ ।

वडा अधिवेशनअगाडि नै सकेसम्म सभापतिसहित प्यानल नै घोषणा गर्ने तयारीसाथ पौडेल पक्षले छलफल गरेको हो। मंगलबार बोहराटारमा पनि यस विषयमा कुराकानी भएको थियो।बुधबार दिउँसो फेरि पौडेल पक्षको बैठक यही विषयमा छलफल गर्न बसेको छ । श्रोतका अनुसार १४ औं महाधिवेशनका लागि आफ्नो पक्षबाट कोइरालालाई सभापति उम्मेदवार बनाउँने, रामचन्द्रलाई प्रधानमन्त्री बनाउँनेगरी दलिय सहकार्य र संघर्षको गृहकार्य गर्ने सहमति भएको छ ।

केन्द्रीय सदस्य बलबहादुर केसीले सभापतिका आकांक्षीमध्येबाटै एक जना सभापतिको उम्मेदवार चयन गर्न छलफल भएको पुष्टि गर्नुभएको छ ।

‘भदौ १८ अघि नै सभापति र पदाधिकारीमा को–को उठ्ने टुंग्याउने भन्ने छ। यदी अहिले सहमतिमा पुगिएन भने सबै नेताहरूले हामी एक छौं भन्ने सन्देश वडा अधिवेशनअगाडि दिन्छौं,’ केसीले जनबोलीलाई बताउनुभयो ।

सभापतिका अर्का उम्मेदवार प्रधानमन्त्रीसमेत रहनुभएका सभापति शेरबहादुर देउवालाई हराउन सक्ने उम्मेदवार दिनुपर्ने माग पौडेल समूहभित्र छ। चर्चामा रहेका चार जनाले अहिलेसम्म एकले अर्कालाई छाड्ने कुरामा आजबाट सहमति बनेको छ ।

स्रोतका अनुसार वरिष्ठ नेता पौडेलले आफू १३ औं महाधिवेशनकै घाइते रहेकोले पनि एकपटक सबैले सहयोग गर्नुपर्ने मत राख्नुभयो ।

यति मात्र हैन मलाई १७ औ पटक प्रधानमन्त्रीमा हराईयो त्यो पिडा बिर्सनपनि की सभापति की प्रधानमन्त्रीका लागि तपाईहरुले सहयोग गर्नुहोस् पौडेलले समूहमा भन्नुभएको छ ।

 

सम्बन्धित खबरहरु