काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अत्यन्तै जरुरी सूचना प्रकाशित गरेको छ ।

त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिकशास्त्र संकायको स्नातकोत्तर तह दोस्रो सेमेस्टरको परीक्षा तालिका प्रकाशित गरेको हो ।

परीक्षा तालिका सम्बन्धी सूचना जारी गर्दै त्रिविले भनेको छ, ‘त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकाय डीनको कार्यालयबाट सेमेस्टर प्रणालीमा सञ्चालित शैक्षिक वर्ष २०२० को स्नातकोत्तर तह दोश्रो सेमेस्टरको नियमित तथा आंशिक परीक्षार्थीहरूको सत्रान्त परीक्षा विक्रम संवत् २०७८ साल आश्विन ८ गते दिउँसो १ बजेदेखि देहाय बमोजिम सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो परीक्षा तालिका सम्बन्धि सूचना प्रकाशित गरिएको छ ।’

साथै त्रिविले शैक्षिक वर्ष २०१९ को चौथो सेमेस्टरको अन्तिम परीक्षा २०७८ साल मंसिर दोस्रो हप्ताबाट सञ्चालन गरिने व्यहोरा सम्बन्धित सबैको लागि जानकारी गराएको छ ।

सम्बन्धित खबरहरु