काठमाडौं । आन्तरिक उडानका वायुसेवा कम्पनीले यात्रुलाई उपलब्ध गराउँदै आएको फेससिल्ड हटाउने भएका छन् । वायुसेवा सञ्चालक सङ्घले विज्ञप्ति जारी गर्दै सुरक्षित तवरले मास्क लगाएको खण्डमा सुरक्षित रहन सकिने विभिन्न अध्ययनले पुष्टि गरेकाले यात्रुलाई फेससिल्ड हटाइएको जनाएको हो ।

“विश्वमा अन्य कुनै वायुसेवाले फेससिल्ड अनिवार्य नगरेको र सुरक्षित तवरले मास्क लगाएको खण्डमा सुरक्षित रहन सकिन्छ भन्ने पुष्टि भइसकेको अवस्थामा वायुसेवामा फेससिल्ड हटाउने निर्णय गरिएको छ”, विज्ञप्तिमा भनिएको छ ।

नेपाली यात्रुलाई मास्कसँगै फेससिल्डको प्रयोगले असहजता सिर्जना गर्नुका साथै प्रयोगमा आइसकेका फेससिल्ड विमानस्थलमा जथाभावी फाल्दा असुरक्षित भई वातावरणीय समस्यासमेत देखिएको सङ्घले जनाएको छ ।

यो पनि, वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासङ्घले वैज्ञानिक वन कार्यविधि कायम गर्न माग गरेको छ । महासङ्घको प्रतिनिधिमण्डलले आज नयाँबानेश्वरस्थित सम्पर्क कार्यालयमा पुगी नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिलाई भेट गरी वन कार्यविधि तत्काल बहाली गराउन लागि सहजीकरण गर्न ध्यानाकर्षण गराएको होे ।

सोही अवसरमा उपसभापति निधिले वैज्ञानिक वनकार्यविधि बहाली गराउन आफ्नोतर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । महासङ्घका अध्यक्ष रेनु सेनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले हचुवाका भरमा निजी स्वार्थका लागि वैज्ञानिक वन कार्यविधि खारेज गरेको जानकारी दिनुभयो ।

तत्कालीन वनमन्त्री महेश आचार्यको पालामा वैज्ञानिक वनकार्यविधि २०७१ जारी गरिएको तर ओली नेतृत्वको सरकारले सामुदायिक वन उपभोक्ता महासङ्घको दबाबमा २०७७ जेठ १५ मा कार्यविधि खारेज गरेको थियो । प्रतिनिधिमण्डमा महासङ्घका जयप्रकाश पाण्डे, डिल्लीराज रेग्मी, पदमलाल अधिकारी, हरिकला थारु र गौरीशङ्कर तिमला रहेका थिए ।

यसअघि नेपाल संस्थागत विद्यालय शिक्षक सङ्घ (निष्ठा) का अध्यक्ष भोला चालिसेको नेतृत्वमा आएको एक प्रतिनिधिमण्डलले संस्थागत विद्यालय शिक्षक सङ्घका समस्यासहित संस्थागत मान्यताका लागि उपसभापति निधिको ध्यानाकर्षण गराएको थियो ।

सम्बन्धित खबरहरु