२०७८ भाद्र १७ गते, बिहिबार, २ सेप्टेम्बर २०२१। चन्द्रराशि– मिथुन।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : आज मनमा प्रसन्नता छाउनेछ । विद्या र बुद्धिको विकास हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) : कला र गलाको प्रभाव बढ्नेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) : आज भाग्यले साथ दिए पनि मनमा उत्पन्न दुबिधा उत्पन्न हुन सक्छ । शेयर बजारम गरेको लगानीले राम्रो प्रतिफल दिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) : हिँडडुल र यात्राबाट हानी हुनसक्छ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेमीप्रेमिकाको बिच खिन्नता बढ्नसक्छ छ । सौन्दर्यतामा धन खर्च हुनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : बौद्धिकताको विकास हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : आज मान्यजन संग भेटघाट हुनेछ शत्रुमाथि विजय प्राप्त हुनेछ । अर्थमूलक वा कृषिक्षेत्रका काममा मन जानेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) : आज बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। साँझपख शुभ समाचार आउन सक्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) : दबाब र तनाव बढेको महसुस हुनेछ । शरीरमा आलस्य आउला । प्रेम सम्बन्धमा खिन्नता बढ्न सक्छ, तर घर जग्गाबाट भने लाभ मिल्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) : आज प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । कूटनीतिक नियोगको सहयोग मिल्ला। पुनर्मिलनको योग पनि रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मान प्रतिष्ठामा वृद्धि होला । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) : आज घर परिवारसँग समय व्यतीत हुनेछ । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । धार्मिक र सेवामूलक गतिविधिमा संलग्न हुनु पर्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : आज नयाँ कार्यको योजना बन्ला । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन्। मित्र वा आफन्तको सहयोग पनि मिल्नेछ ।

सम्बन्धित खबरहरु