काठमाडौं । कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दाङमा बाढीले जीप बगाउँदा चार जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार एक जना घाइते भएका छन् ।

घोराही लमही सडक खण्डको घोराही उपमहानगरपालिका–४ सिस्ने खोलामा आएको बाढीले गएराती कार बगाउँदा एकै घरका दुई दिदीबहिनीसहित ४ जनाको मृत्यु भएको हो ।

चालकलाई प्रहरीले उद्धार गरेको छ । रुपैडियामा किनमेल गरेर फर्कदै गर्दा गाडीलाई बाढीले बगाएको थियो । प्रदेश ०३– ०१ –०२४ च ४४४० नम्बरको कारलाई बाढीले बगाएको थियो ।

घटनामा परि घोराही १३ का ३२ बर्षीया सुशिला श्रेष्ठ र घोराही १४ का ३० बर्षीया राधा श्रेष्ठ कुवर, घोराही १३ का ४० बर्षीया रीतामाया पुन र घोराही १४ का ४२ बर्षीया विमला केसीको मृत्यु भएको छ । दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले यस्तो पुष्टि गर्नुभयो ।

मृतक राधा र सुशीला घोराही उपमहानगरपालिका वडा नम्बर १६ का सदस्य जगत श्रेष्ठका छोरीहरु हुन । चालक घोराही १५ का ४० बर्षिय नरबहादुर पुनको अवस्था गम्भीर रहेको छ । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।

सम्बन्धित खबरहरु