काठमाडौं । परीक्षा तालिका प्रकाशित गरिएको छ । नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२)सानोठिमी, भक्तपुरले कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका प्रकाशित गरेको हो ।

परीक्षा तालिका जारी गर्दै बोर्डले भनेको छ, ‘राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरद्वारा यसअघि स्थगन गरिएको कक्षा १२ को साधारण(संगीत, ललितकला र संस्कृत विषय समूह समेत) तथा प्राविधिक विषयसमूह तर्फका नियमित, ग्रेड वृद्धि एवं आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षा सम्बन्धित विद्यालयमै परीक्षा केन्द्र कायम गरी नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र सामाजिक दूरी पालना गरी देहाय अनुसार परीक्षा कार्यक्रम सञ्चालन गरिने हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’ परीक्षा समय ः बिहान ११ः०० बजेदेखि २ः०० बजेसम्म रहेको छ । भदौं ३० गतेदेखि परीक्षा सञ्चालन गरिने भएको छ ।

  • तोकिएको परीक्षा कार्यक्रम अनुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि पुनः अर्को
    व्यवस्था गरिने छैन ।
  • कुनै आकस्मिक विदा पर्न गएमा समेत परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचना विना परीक्षा स्थगित गरिने छैन ।
  • परीक्षाको लागि चाहिने ग्राफ पेपर, चार्ट, गोश्वरा भौचर, बैक नगदी किताब, Log Table जस्ता सामग्रीहरु परीक्षार्थी स्वयम्ले ल्याउनुपर्नेछ ।
  • Biology विषयको परीक्षा दिने परीक्षार्थीहरुले BotanyZoology विषयको लागि छुट्टाछुट्टै उत्तरपुस्तिका प्रयोग गर्नुपर्नेछ ।
  • परीक्षा केन्द्र परिवर्तन गर्न पाइने छैन । परीक्षामा मोबाइल फोन, स्मार्ट घडी लगायत अन्य इलेक्ट्रोनिक्स डिभाईस लैजान निषेध गरिएको छ ।

सम्बन्धित खबरहरु