काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरको अत्यन्त जरुरी सूचना प्रकाशित भएको छ ।

देशभरका विपन्न, दलित र मुस्लिम समुदायका २८० छात्रछात्रालाई प्रि–डिप्लोमा तह र २८० जनालाई डिप्लोमा÷प्रमाणपत्र तहमा निःशुल्क अध्ययन गर्न विशेष प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रममा भर्ना प्रक्रियाका लागि आवेदन फाराम भर्ने बारेको सूचना जारी गरिएको हो ।

सूचनामा भनिएको छ, ‘प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, प्राविधिक महाशाखाको च.नं ३५०, मिति २०७८।०५।०१ गतेको पत्रानुसार नेपाल सरकारको आर्थिक वर्ष २०७८÷०७९ को बजेट तथा कार्यक्रममा व्यवस्था भए बमोजिम प्रादेशिक सन्तुलन कायम हुनेगरी संस्थागत पहुँच नपुगेका स्थानीय तहलाई प्राथमिकता दिनेगरी देशभरका विपन्न, दलित र मुस्लिम समुदायका छात्रछात्राहरूबाट निम्न निर्धारित कोटामा २८० जना प्रि–डिप्लोमा र डिप्लोमा÷प्रमाणपत्र तहमा २८० जना उल्लेखित प्राविधिक शिक्षा अध्ययन गर्न परीक्षार्थी छनोटका लागि भर्ना प्रक्रिया गर्नुपर्ने भएकाले योग्य नेपाली नागरिकहरूबाट निःशुल्क आवेदन फाराम आह्वान गरिएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

सम्बन्धित खबरहरु