काठमाडौं । निरन्तरको वर्षापछि आएको पहिरोमा परेर तीन जनाको मृत्यु भएको छ । पोखराका विभिन्न स्थानमा गएको पहिरोमा परेर ३ जनाको मृत्यु भएको हो ।

कास्की प्रहरीका अनुसार बुधबार साँझदेखि परेको अविरल वर्षापछि गएका पहिरोमा परेर तीन जनाको मृत्यु भएको हो ।

घर पुरिँदा पोखरा–२० भलामका ४५ वर्षीय कृष्ण श्रेष्ठ, उनकी ३५ वर्षीया श्रीमती सुनमाया तामाङको मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

श्रेष्ठको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा र सुनमायाको घटनास्थलमै मृत्यु भएको थियो । उहाँहरुका ३ वर्षका छोरा सन्तोष हराइरहेका छन् । त्यस्तै, ९ वर्षीय छोरा राजकुमार घाइते भएका छन् ।

यता, पोखरा–११ भन्ज्याङ नमुनाटोलस्थित एक घर पहिरोमा पुरिदा ४२ वर्षीय लक्ष्य नेपालीको मृत्यु भएको छ । पहिरोमा परेर घाइते भएका उनको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

पछिल्लो समय मौसममा आएको खराबीका कारण देशभर खत्तरा कायम रहेको छ । गएका केहि दिनमा मौसम सफा भए पनि रातिको समयमा पानी पर्ने गरेको छ ।

आजको मौसमको कुरा गर्दा हाल देशभर सामान्य बदली रहि प्रदेश नं १ का धेरै र प्रदेश नं२, बागमती प्रदेशका केहि स्थानहरूमा वर्षा भइरहेको छ ।

सम्बन्धित खबरहरु