काठमाडौं । साइप्रसमा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

मोटरसाइकल दुर्घटनामा साइप्रसमा एक नेपाली विद्यार्थीको मृत्यु भएको हो ।

कपिलवस्तुका २४ वर्षीय तुलसी भुसालको मृत्यु भएको साइप्रस प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै भुसालसँगै मोटरसाइकलमा सवार सर्लाहीकी ३० वर्षीया मिरा घिसिङ गम्भीर घाइते भएकी छन् । उनको लाश अहिले लार्नाकाको मोरतुवारीमा राखिएको छ ।

प्रहरीका अनुसार घाइते घिसिङलाई थप उपचारका लागि राजधानी निकोसिया रिफर गरिएको छ ।

स्थानीय सञ्चार माध्यमले पनि यसको पुष्टि गरेका छन् । मृतक भुसालले मोटरसाइकलको गति नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

मोटरसाइकलमा सवार दुवैजना पर्खालमा ठोक्किएका थिए । गैरआवासीय नेपाली संघ (एनआरएनए) साइप्रसले पनि मंगलबार बेलुकी ६ः२० मा डेरिनियामा भएको मोटर साइकल दुर्घटनामा भुषालको मृत्युबारे जानकारी पाएको थियो ।

सम्बन्धित खबरहरु