काठमाडौं । नेपाली बजारमा साताको पाँचौं दिन आज सुनको मुल्य घटेको छ । नेपाली बजारमा सुनको मूल्य घटेको हो ।

नेपालमा आज सुन २ सयले घटेको छ । यस हप्ता आइतबार र सोमबार सुनको मूल्य स्थिर रहेको थियो ।

मंगलबार ४ सयले घटेको थियो भने बुधबार २ सय र बिहीबार पनि २ सयले घटेको हो ।

तपाईंलाई जानकारी गराउ कि गत हप्ता आइतबार ३ सयले घटेको थियो । सोमबार २ सयले बढेको थियो भने मंगलबार ५ सयले बढेको थियो ।

अर्कोतिर बुधबार ३ सयले घटेको थियो । बिहीबार सुन २ सयले घटेको थियो भने शुक्रबार ५ सयले बढेको थियो । आज छापावाला सुनको प्रतितोला ९० हजार ८०० मूल्य निर्धारण भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुन आजका लागि ९० हजार ३०० मूल्य निर्धारण भएको छ ।

चाँदीको मूल्य भने आज १० रुपैयाँले बढेको छ । चाँदी आज एक हजार २०५ मा कारोबार भइरहेको छ ।

सम्बन्धित खबरहरु