काठमाडौं । प्रधानन्यायाधीश संवैधानिक इजलासमा बस्नैपर्ने र स्वार्थ जोडिएकोमा बस्न हुन्न भन्ने दुई मुद्दामा सुनुवाइ भइरहेको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्ने कि नबस्ने भन्ने मुद्दाको सुनुवाइ न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा तोकिएको हो ।

संविधान बमोजिम प्रधानन्यायाधीशको नेतृत्वमा बाहेक अरुको अध्यक्षतामा संवैधानिक इजलास गठन हुन नसक्ने भन्दै सर्वोच्चमा परेको रिटमाथि बिहीबार न्यायाधीश फुयालको एक इजलासमा सुनुवाइ तोकिएको छ ।

अधिवक्ता गणेश रेग्मीले सर्वोच्चमा दायर गर्नुभएको रिटमा प्रधानन्यायाधीशले संवैधानिक इजलासको नेतृत्व नगर्नु संविधान विपरीत हुने भएकाले प्रधानन्यायाधीशको नेतृत्वमा इजलास गठन गर्न परमादेश माग गरिएको छ ।

यता, अधिवक्ता दीपकविक्रम मिश्रले प्रधानन्यायाधीश वा न्यायाधीशले आफ्नो स्वर्थ जोडिएका मुद्दा हेर्न नहुने दर्ता गराउनुभएको रिटमा अहिले न्यायाधीश फुयालको एक इजलासमा सुनुवाइ भइरहेको छ ।

अधिवक्ता मिश्रले प्रधानन्यायाधीश वा न्यायाधीशले आफ्नो स्वर्थ जोडिएका मुद्दा हेर्न नहुने प्राकृतिक न्यायको सिद्धान्त र न्यायाधीशको आचारसंहित पालना गराउन माग गर्दै सर्वोच्चमा रिट दर्ता भएको थियो ।

प्रधानन्यायाधीश वा न्यायाधीशको स्वार्थ बाझिने अवस्थामा त्यस्तो न्यायाधीश वा प्रधानन्यायाधीशको सट्टा निजपछिको न्यायाधीशको चयान गर्न पनि अधिवक्ता मिश्रले माग गर्नुभएको छ ।

सम्बन्धित खबरहरु