काठमाडौं । नेपालमा सर्वाधिक विवादमा रहेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लाई लिएर नयाँ अपडेट आएको छ । एमसिसीकी उपाध्यक्ष फातिमा जे सुमार नेपाल आउने भएकी हुन् ।

Ambassador H.E. Dr. Khatiwada Meets MCC Representatives
Ambassador H.E. Dr. Yuba Raj Khatiwada held an in-person meeting with Ms. Fatema Z. Sumar, Vice-President, Department of Compact Operation, Millennium Challenge Corporation (MCC) in Washington, D.C. on May 21, 2021, and discussed the current status of the MCC-Nepal Compact and ways to advance the Compact cooperation between the two countries. Friday, May 21, 2021.

उनी आउँदो हप्ता नेपाल आउने भएकी छिन् । उनीसँगै एमसिसीका सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स पनि नेपाल आउने जनाइएको छ । नेपालमा रहँदा उनीहरुले शीर्ष नेताहरुसँग भेट्ने छन् ।

उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्षहरु उपेन्द्र यादव र डा. बाबुराम भट्टराई र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

नेपालमा एमसिसी अनुमोदन गर्न ढिलाइ भइरहेको समयमा उपाध्यक्ष सुमारको यो भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ । एमसिसी सम्झौता नेपालले २०७४ सालमा नै गरे पनि यो अहिलेसम्म संसदबाट अनुमोदन भएर कार्यान्वयन हुन सकेको छैन ।

२०७४ साल भदौ २९ मा सम्झौता भएअनुसार नेपालले अमेरिकाबाट ऊर्जा र सडक पूर्वाधार निर्माण गर्न ५ सय मिलियन अमेरिकी डलर अनुदान पाउने छ । तर, अहिलेसम्म यो कार्यान्वयन हुन सकेको छैन ।

सम्बन्धित खबरहरु