काठमाडौं । चर्चित कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’ को अन्तिम ३ बाट हिक्मत महरा बाहिरिएका छन् ।

‘कमेडी च्याम्पियन २’ को अन्तिममा भरतमणी पौडेल, विक्की अग्रवाल र सन्तोष थापा पुगेका हुन् ।

दर्शकको भोटबाट विक्की र सन्तोष अगाडि बढेका छन् । तर अन्तिम ४ मा पुगेका हिक्मत महराले भने फाइनलमा ठाउँ बनाउन सकेनन् । यो शोका निर्देशक विशाल भण्डारीले हिक्मत बाहिरिएको पुष्टी गर्नुभयो ।

भरतमणी पौडेलले भने गत हप्ता निर्णायकहरुको छनोटका आधारमा फाइनलमा स्थान बनाइसक्नु भएको थियो ।

यो रियालिटी शोको फाइनल असोज २ गते हुने निर्देशक विशाल भण्डारीले जानकारी गराउनुभयो ।

उहाँका अनुसार असोज २ गते फाइनल कार्यक्रम आयोजना हुनेछ । तिनै जना फाइनलिष्ट आजै गृह जिल्ला भ्रमणका लागि पुगेका छन् ।

अब, उनीहरुलाई दर्शकले फाइनलमा मात्र हेर्न पाउनेछन् । तपाईंलाई जानकारी गराउ कि भरतमणी ताप्लेजुङका हुनुहुन्छ ।

सन्तोष गोर्खाका हुनुहुन्छ । अर्कोतिर विक्की भने भारत, सिक्किमबाट प्रतिस्पर्धा गर्न नेपाल आउनु भएको हो ।

भरतमणीका लागि पूर्वमन्त्री एवं नेकपा एमालेका नेता योगेश भट्टराईले पनि भोग माग्नु भएको थियो ।

सन्तोषका लागि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भोट माग्नु भएको छ । महराका लागि पनि पूर्वमन्त्री बीना मगरले भोट माग्नु भएको थियो ।

सम्बन्धित खबरहरु