काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी १४ केन्द्रीय महाधिवेशनका लागि आपसी सहमतिमा एक जना उम्मेदवारलाई अगाडि बढाइने बताउनुभएको छ ।

काँग्रेसको भदौ १८ गतेदेखि वडा तहको अधिवेशन सुरु हुनुको पूर्वसन्ध्यामा नेता पौडेलसहित महामन्त्री डा. शशांक कोइराला, शेखर कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा. मिनेन्द्र रिजाल, सुजता कोइराला लगायतका प्रभावशाली नेताहरुको सहभागीतामा बिहीबार पत्रकार सम्मेलन गरिएको हो ।

काँग्रेस विधि र पद्धति अनुरुप अगाडि बढ्नुपर्ने पार्टी रहेको बताउनुहुदै पौडेलले पार्टीभित्रको कमीकमजोरी हटाएर लोकतान्त्रिक एवम् नेपाली जनताको भरोसाको पार्टी बन्नुपर्ने बताउनुभएको हो ।

आगामी महाधिवेशनमा सामुहिक नेतृत्वमा विश्वास गर्ने सबैसँग आपसी सहमति र छलफल गरेर कसले के जिम्मेवारी दिने भन्ने विषयमा समझदारी गरिने उहाँले बताउनुभयो ।

देशैभरका कार्यकर्ता लगायत सबैमा उहाँले आफूहरु सुधारको पक्षमा रहेकाले यश पक्षमा रहेकाहरुको एकता नटुट्ने आश्वासन पनि दिनुभएको छ ।

सम्बन्धित खबरहरु