काठमाडौं । गाईलाई राष्ट्रिय जनावर घोषणा गर्न आदेश दिइएको छ । भारतको इलाहावाद उच्च अदालतले गाईलाई राष्ट्रिय जनावर घोषणा गर्न आदेश दिएको हो ।

साथै गाईको संरक्षणलाई मौलिक अधिकार भित्र राख्न पनि अदालतले आदेश दिएको छ ।

अदालतले भारतको संस्कृतिमा आघात पुग्यो भने देश कमजोर हुन्छ भन्ने यथार्थलाई मनन गर्दै गाईलाई राष्ट्रिय जनावर घोषणा गरी संरक्षण गर्नुपर्ने तर्क प्रस्तुत गरेको हो ।

गाईको मासु खाएको आरोप लागेका जावेद नामका ब्यक्तिको मुद्दाको सुनुवाईका क्रममा इलाहावाद उच्च अदालतले बुधबार यस्तो आदेश दिएको हो ।

साथै सो अदालतले ती ब्यक्तिलाई जमानतमा रिहा गर्न पनि अस्वीकार गरेको छ । सो अदालतले गाई खान पाउनुपर्छ भन्ने विषय कसैगरी पनि मौलिक अधिकार हुन नसक्ने ठहर गरेको छ । गाई बचाउने अधिकारको संरक्षण हुनुपर्छ भनेको छ ।

हिन्दूले मात्रै नभई मुस्लिमहरुको शासनकालमा समेत भारतमा गाईको महत्व स्वीकार गरिएको भन्दै आदेशमा गाईको मासु खाने कुरा कुनै पनि बहानमा जायज मान्न नहुने स्पष्ट पारिएको छ ।

सम्बन्धित खबरहरु