काठमाडौं । पृथ्वी राजमार्गमा पर्ने शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडामा गुडिरहेको बसमा बिहीबार दिउँसो आगलागी भएको छ । दमौलीबाट पोखरा जाँदै गरेको ना ५ ख ६९११ मा नम्बरको बस आगलागी भएको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।

बसको व्याट्री सट भएर इन्जिनमा आगलागी भएको अनुमान प्रहरीको छ । प्रहरीका अनुसार बसमा आगलागी हुँदा यात्रुहरु एक छिन यात्रीहरुलाई समस्या भए पनि मानवीय क्षति भएको छैन । आगोलाई स्थानीय तथा प्रहरी मिलेर नियन्त्रणमा लिएका छन् ।

यो पनि, बनेपा नगरपालिका–५ का २८ वर्षीय एक युवाको मिर्गाैला बिक्री गरेको आरोपमा गत साउन अन्तिम साता प्रहरीले काभ्रेपलाञ्चोककै तीनलाई पक्राउ ग¥यो ।

उनीहरुले दाजुको मिर्गाैला तस्कर खोज्ने क्रममा लागेका युवालाई नै झुक्यानमा पारी उनको एउटा मिर्गाैला भारतमा लगेर बिक्री गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनायो ।

प्रहरीले भुम्लु गाउँपालिकाका ३५ वर्षीय कुमार परियार, उनका भाइ ३३ वर्षीय देवराज र पाँचखालका ३१ वर्षीय कुमार परियारलाई मिर्गाैला तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो ।

उनीहरुले ती युवाको एउटा मिर्गाैला भारतको कोलकातास्थित एमआरआई अस्पतालमा शल्यक्रिया गरी बिक्री गरेको अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय बनेपाका इन्चार्ज प्रहरी निरीक्षक राजन कोइरालाले बताउनुभयो ।

उहाँका अनुसार दाजुको मिर्गाैला बिक्री गर्ने तस्कर खोज्दाखोज्दै उनकै निशानामा पारेका ती युवाको जाहेरीपछि उनीहरुको खोजबिन थालिएको हो ।

काभ्रेपलाञ्चोकबाट केही वर्षदेखि मानिसको शरीरको महत्वपूर्ण अङ्ग मिर्गाैला तस्करी रोकिएको अनुमान गरिए पनि २०७५ जेठ १० गते तस्करले काभे्र जिल्ला बनेपा नपा–२ टुकुचानालास्थित गिरीगाउँका २९ वर्षीय कुमार गिरीलाई झुक्याएर उनको एउटा मिर्गाैला भक्तपुर नपा–१ सल्लाघारीका ५१ वर्षका थर्कबहादुर बस्नेतलाई मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा प्रत्यारोपण गराएका थिए ।

स्थानीयवासीका अनुसार तर उक्त घटनामा संलग्नलाई प्रहरीले हालसम्म पक्राउ गर्न सकेको छैन । प्रहरीले ज्याम्दी र होक्सेमा मिर्गाैला तस्करी गर्ने सात जनालाई २०७० वैशाखमा कानुनी कारबाही गरेको थियो ।

घटनाक्रमले जिल्लामा मिर्गाैला तस्कर पुनः सक्रिय भएको देखिएको छ । काभे्रपलाञ्चोकले कुनै बेला ‘बैंक अफ किड्नी’को रूपमा राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा बदनाम कमाएको थियो । हाल मिर्गाैला बिक्री गर्नेहरुको जीवनशैली निकै कारुणिक बन्दै गएको पाइएको छ ।

सम्बन्धित खबरहरु