काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र संकाय, परीक्षा नियन्त्रण माहाशाखा कीर्तिपुर काठमाडौंले नतिजा प्रकाशित सम्बन्धी जरूरी सूचना जारी गरेको हो । त्रिविका अनुसार स्नातकोत्तर तह तेस्रो सेमेष्टरको परीक्षा केन्द्र छनौटको नतिजा प्रकाशित गरिएको हो ।

नतिजा जारी गर्दै त्रिविले भनेको छ, ‘यस त्रिवि शिक्षाशास्त्र संकायद्वारा मिति २०७८ भाद्र ५ गतेबाट सञ्चालन हुने स्नातकोत्तर तह तेस्रो सेमेष्टरको परीक्षाका लागि कोभिड–१९ महामारीको कारणले आफू रहेको जिल्ला वा छिमेकी जिल्लाको परीक्षा केन्द्रबाट परीक्षा दिने उद्देश्यले परीक्षा केन्द्र परिवर्तन गर्न आवेदन दिएका देहायबमोजिमका परीक्षार्थीहरूको आवेदन स्वीकृत भएको व्यहोरा सूचित गरिन्छ ।’

साथै परीक्षाकेन्द्र छनोटमा परेका विद्यार्थीहरुले थप जानकारीका लागि महाशाखाको सम्पर्क नम्बर ०१–५९०८९०६ तथा इमेलमा सम्पर्क गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबरहरु