काठमाडौं । त्रिभुवन विश्वविद्यालय अत्यन्तै जरुरी सूचना प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय डीनको कार्यालय परीक्षा नियत्रण महाशाखा कीर्तिपुर काठमाडौंले परीक्षा सम्बन्धी अत्यन्त जरुरी सूचना प्रकाशित गरेको हो ।

सूचना जारी गर्दै त्रिविले भनेको छ, ‘यस संकायद्वारा २०७७ सालमा सञ्चालन हुनुपर्ने सेमेस्टर प्रणालीमा आधारित खुला तथा दूर सिकाइ समेत स्नातकोत्तर तह तेस्रो सेमेस्टरको नियमित, आंशिक तथा मौकाको परीक्षा निम्नलिखित तालिका अनुसार हुने भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो संशोधित सूचना प्रकाशित गरिएको छ ।’

साथै त्रिविले परीक्षा तालिकामा विषयहरु छुट्न वा जुध्न गएमा तुरुन्त महाशाखामा जानकारी गराउन अनुरोध गरेको छ ।

प्रयोगात्मक परीक्षा लिखित परीक्षा सकिएको १५ दिन भित्र सम्पन्न गरी महाशाखामा पठाउनुपर्नेछ । परीक्षाकेन्द्र पछि प्रकाशित गर्ने पनि त्रिविले जानकारी गराएको छ ।

सम्बन्धित खबरहरु