काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अत्यन्तै जरुरी सूचना प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायको परीक्षा नियन्त्रण महाशाखाले नतिजा प्रकाशित सम्बन्धी अत्यन्त जरुरी सूचना जारी गरेको हो । MBS/MPA प्रवेश परीक्षा २०२१ को नतिजा प्रकाशनसम्बन्धी सूचना जारी गरिएको छ ।

सूचना जारी गर्दै त्रिविले भनेको छ, ‘त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीनको कार्यालयबाट मिति २०७८ भाद्र ५ गतेमा संचालन भएको Master of Business Studies (MBS)Master of Public Administration (MPA) कार्यक्रमको प्रवेश परीक्षा २०२१ को परीक्षाफल प्रवेश परीक्षा सञ्चालन समितिको मिति २०७१।०५।१६ गतेको निर्णयअनुसार प्रकाशित गरिएको छ ।’

नोटः–
१) रोल नम्बर NCC 0985 र NRC 0048 का परीक्षार्थीहरुको परीक्षाफल स्थगित गरिएको छ ।

२) सकेसम्म त्रुटिरहित नतिजा प्रकाशन गरिएको छ । कथंकदाचित त्रुटि देखिन आएमा यस कार्यालयको मुल अभिलेख अनुसार सच्चाईनेछ ।

३) क्याम्पस÷कलेजहरुले विद्यार्थी भर्ना गर्दा MBS/MPA AT Score Card अनिवार्य रुपमा विद्यार्थीसँग लिई भर्ना गर्नुपर्ने साथै सो सक्कल Score Card प्रथम सेमेष्टरको परीक्षा फर्म भर्दा अनिवार्य रुपमा फमसँगै संलग्न गर्नुपर्नेछ । अन्यथा परीक्षार्थीको परीक्षा फारम स्वीकार गरिने छैन् ।

४) उतिर्ण परीक्र्षीहरुले माथि उल्लेखित MBS/MPA कार्यक्रममा अध्ययन गर्न चाहेमा कार्यक्रम सञ्चालन भएका क्याम्पस÷कलेजमा भर्ना प्रकृयामा सहभागि हुन सक्नेछन् ।

सम्बन्धित खबरहरु