काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अत्यन्तै जरुरी सूचना प्रकाशित गरेको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायको परीक्षा नियन्त्रण महाशाखा कीर्तिपुर काठमाडौंले अत्यन्त जरुरी सूचना प्रकाशित गरेको हो ।

त्रिविले परीक्षाकेन्द्र संशोधन सम्बन्धमा अत्यन्तै महत्वपूर्ण सूचना प्रकाशित गरेको छ ।

सूचना प्रकाशित गर्दै त्रिविले भनेको छ, ‘उपरोक्त सम्बन्धमा मिति २०७८ भाद्र २० गते देखि सञ्चालन हुने एमएड तेस्रो सेमेस्टरको परीक्षा काठमाडौं उपत्यकाका विभिन्न क्याम्पस हरुको परीक्षार्थीहरुका लागि महेन्द्र रत्न क्याम्पस ताहाचल परीक्षा केन्द्र तोकिएकोमा सो परीक्षाकेन्द्रमा विशेष कारणवश परीक्षा सञ्चालन गर्न नसकिने भएकोले महेन्द्ररत्न क्याम्पस ताहाचलमा परीक्षाकेन्द्र परेका तल उल्लेखित क्याम्पसहरुमा अध्ययनरत परीक्षार्थीहरुका लागि परीक्षा केन्द्र संशोधन गरी जनमैत्री बहुमुखी क्याम्पस कुलेश्वर परीक्षाकेन्द्र तोकेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

साथै त्रिविले यसबाट विद्यार्थीमा पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौं पनि भनेको छ ।

सम्बन्धित खबरहरु