अनिरुद्ध जोशी । हिन्दु ग्रन्थहरुका अनुसार महाभारत लडाईँ ३१३७ ईसा पूर्वमा भएको थियो। यो लडाईँ को ३५ बर्ष पछि भगवान श्रीकृष्णले शरीर छोडनु भयो ।

तब त्यही पलदेखि यो कलियुग को शुरुवात मानिन्छ। यसैले कृष्णलाई कलियुगका महामानव भनेरपनि पुकार्ने गरिन्छ । आज हामी भगवान श्रीकृष्णका बारेमा केही रोचक तथ्य लिएर आएका छौ ।

उहाँको एक पंक्षीको तीर लागेर मृत्यु भएको थियो । त्यो बेला उहाँको उमेर११९ वर्ष थियो।

अहिले कलियुगमा समेत १२७ बर्षसम्म मानिसहरु जिवित रहेका छन् । नवीनतम अनुसन्धान अनुसार चै उहाँको मृत्यु ९१ वर्षमा भएको दावी छ ।

अहिलेका आधुनिक शोधकर्ताहरुले कृष्ण जन्म र महाभारत लडाईँको समय सही ढंगले खगोलीय घटनाहरु, पुरातात्विक तथ्यहरु आदिको आधारमा वर्णन गरेका छन्।

ब्रिटेनमा कार्यरत न्यूक्लियर मेडिसिनका चिकित्सक डा. मनीष पण्डितले महाभारतमा वर्णित १५० खगोलीय घटनाहरुको सन्दर्भमा भन्नुभयो कि महाभारतको लडाईँ २२ नोभेम्बर ३०६० ईसा पूर्वमा भएको थियो। भगवान कृष्ण त्यस समय ५५–५६ बर्षको हुनुहुन्थ्यो ।

उनहाँले २००४–०५ मा टेनेसीको मेम्फिन युनिभर्सिटीमा भौतिकशास्त्रका प्राध्यापक डा. नरहरी अचरले गरेको अनुसन्धानको पनि उद्धरण गर्नुभएको छ । यसैले उहाँको तथ्यलाई अहिलेको आधुनिक समयमा अलिक विश्वास गरिएको छ ।

पुराणका अनुसार ८औं अवतारका रूपमा भगवान विष्णुले ८औं मनु वैवस्वतको मन्वन्तराको २८औं द्वापरमा श्रीकृष्णको रूपमा देवकीको गर्भबाट ८औं छोराको रूपमा मथुराको जेलमा जन्म लिएको उल्लेख छ । ( Krishna, Sanskrit Kṛṣṇa, one of the most widely revered and most popular of all Indian divinities, worshipped as the eighth incarnation (avatar, or avatara) of the Hindu god Vishnu and also as a supreme god in his own right. )

[caption id="attachment_354619" align="alignnone" width="900"]Krishna one of the most widely revered and most popular eighth incarnation avatar or avatara of the Hindu god Vishnu and also as a supreme god in his own right Krishna one of the most widely revered and most popular eighth incarnation avatar or avatara of the Hindu god Vishnu and also as a supreme god in his own right[/caption]

उहाँको जन्म भाद्रपदको कृष्ण पक्षको रातको ७औं मुहूर्त पछि ८औं मुहूर्तमा भएको थियो।

तब त्यहाँ रोहिणी नक्षत्र र अष्टमी तिथि थियो, जुन ३११२ ईसा पूर्व (अर्थात ५१२५ वर्ष पहिले) मा जयंती को जन्मसँग मेल खायो। ज्योतिषीहरुका अनुसार रातको १२ बजे शून्य समय थियो।

यो उल्लेखनीय छ कि कृष्णका मात्र रुक्मणी, जाम्बवन्ती, सत्यभामा, कालिंदी, मित्रबिन्दा, सत्य, भद्र र लक्ष्मण नामका ८ पत्नीहरु थिए। यसको बारेमा फेरी अर्को पेजमा उल्लेख गर्नेछौ ।

 

सम्बन्धित खबरहरु