काठमाडौ । अभिनेत्री रेखा थापा नेपालका लागि महिला भएरपनि हिरोको रोल गर्न सक्ने नायिकाको छवि बनाउँनुभएको स्टार हो ।

उहाँ अभिनय मात्र गर्नुहुन्न उत्कृष्ट फिल्महरु बनाएर नेपाली चलचित्र उद्योगलाई अतुलनीय योगदान दिनुहुन्छ ।

उहाँले सामान्य जीवन कटाउँदै आएका व्यक्तिहरुलाई समेत नायक र नायिकाका भूमिका दिएर जीवन अतुलनीय रुपमा रुपान्तरण गरिदिनुभएको छ । राजनीति र समाजसेवा उहाँको अर्को नियमित कर्म हो ।

विभिन्न समयमा विभिन्न क्षेत्रमा सेवाको भावनाले प्रसंशनीय कार्यहरु गर्दै आउँनुभएको छ ।

समाजका गलत संस्कार र प्रवृत्ती हटाउन उहाँले अनेकौँ प्रयास गर्नुभएको छ । छुवाछुत, बालविवाह, छाउपडी प्रथा उन्मुलनका लागि रेखाले खेलेको भूमिका निक्कै प्रसंशा योग्य छ ।

उहाँले सामाजिक परिवेश, राजनीतिक घटनाक्रम र समसामयीक विषयमा निक्कै खरो तरिकाले उत्रिनुहुन्छ ।

उहाँले प्रेरणादायी विचारहरुपनि राख्नुहुन्छ । उहाँले हालै भन्नुभएको छ मान्छे भन्छन् दिन सबैका आउछन् तर पर्खिनेका भन्दा हिड्नेका दिन छिटो आउछन जस्तो लाग्छ ।

सुझाव र धारणाको स्तरले मान्छेहरुको आफ्नो परिचय दिन्छ। यो मनमा सबैको मंगल होस भन्ने कामना सधैं रही राख्ने छ । जय होस !!

सम्बन्धित खबरहरु