काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आजबाट शुरु हुने नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियामा सामाजिक दूरी कायम गरी स्वास्थ प्रतिश्पर्धा गर्न आग्रह गर्नुभएको छ ।

नेपाली कांग्रेसको चौधौं महाधिवेशनको आजबाट वडा अधिवेशन प्रारम्भ भएको अवसरमा एक भिडियो सन्देश दिनुहुँदै प्रधानमन्त्री देउवाले नेपाली कांग्रेस लोकतन्त्रको पर्यायबाची भएको पनि उल्लेख गर्नुभएको छ । नेपाली कांग्रेस सुदृढ र बलियो भए मात्र लोकतन्त्र बालियो हुने उहाँले बताउनुभयो ।

उहाँले भन्नु भएको छ, ‘संवैधानिक बाध्यता अनुसार कोरोना महामारीकै बीच हामीले शुरु गर्नु परेको महाधिवेशनमा सर्वप्रथम सामाजिक दूरि कामय गरी सहभागि हुन नेपाली कांग्रेसका तमाम नेता तथा कार्यकर्तालाई हार्दिक अनुरोध गर्दछु ।

आज म निकै खुशी छु । ८ लाखभन्दा बढि नेपाली कांग्रेसका क्रियाशिल सदस्य आजदेखि १४ औ महाधिवेशको प्रक्रियामा सहभागि हुनु भएको छ र मैले ति सबै सदस्यहरु र नेतृत्वको जोश, जाँगर र साथको अनुभुती यतिबेला गरिरहेको छु ।’

लोकतन्त्रको पर्यायको रुपमा रहेको नेपाली कांग्रेस लोकतान्त्रिक अभ्यासमा आफुलाई सधै अग्रणी सावित गर्दै आएको बताउनु भएको छ । नेपालका हरेक राजनीतिक आन्दोलनको नेतृत्व गर्दै पार्टीभित्रको आन्तरिक लोकतन्त्रमा पनि नेपाली कांग्रेस सधै अगाडि रहेको बताउनुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

सम्बन्धित खबरहरु