काठमाडौं । देशभरका बेरोजगार युवाहरुका लागि रोजगारीको सुनौलो अवसर खुलेको छ । नेपाली सेनाले चार हजार जनाका लागि जागिर खुलाएको हो ।

आज (शुक्रबार) गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै नेपाली सेनाले चार हजार जना सैन्यका लागि दरखास्त आह्वान गरेको जानकारी दिएको छ ।

जसअन्तर्गत खुलातर्फ २०९६, कर्तव्य पालनाको शिलशिलामा अशक्त÷मृत्यु भएका नेपाली सेनाका सन्तति १०८, महिला ३६०, आदिवासी÷जनजाति ५७३, मधेसी ५०५, दलित २७३ र पिछडिएको क्षेत्रबाट ८५ जना पदपूर्ति गरिने भएको हो ।

नेपाली सेनाका देशैभरि रहेका विभिन्न कार्यालयबाट भर्ना प्रक्रिया सुरू गरिने सूचनामार्फत जानकारी गराइएको छ ।

१८ वर्ष पूरा भई २२ वर्ष ननाघेका नेपाली नागरिकले असोज २४ गतेसम्म आवेदन दिन सक्ने सेनाले जनाएको छ । आठ कक्षा उत्तीर्णले पनि आवेदन दिन पाउनेछन् । इच्छुकले आजकै मितिबाट दरखास्त दिन सक्ने छन् ।

दरखास्त मिति असोज १६ गतेसम्म रहेको छ । त्यस्तै दोब्बर दस्तुरमा असोज २४ गतेसम्म कार्यलय समयमा दरखास्त दिन सकिनेछ । योग्यता पुगेका नेपाली नागरिकले आफ्नो पायक पर्ने स्थानबाट उम्मेदवार बन्न पाउने छन् ।

सम्बन्धित खबरहरु