काठमाडौ । नेपाली सेनाले रिक्त रहेको सैन्य पदमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको कार्यरथी विभागले विभिन्न स्थानमा ४ हजार सङ्ख्यामा सैन्य पदको दरखास्त आह्वान गरेको हो ।

बहालवाला सैनिक व्यक्ति बाहेक सैन्य पदका उम्मेदवारहरूको हकमा अविवाहित हुनुपर्ने दरखास्त आह्वानमा भनिएको छ ।

दरखास्त पेस गर्ने अन्तिम मिति असोज १६ गतेसम्म १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको र बहालवाला फलोवर्सको हकमा २६ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ ।

नेपाली सेनाका देशैभरि रहेका विभिन्न कार्यालयबाट भर्ना प्रक्रिया सुरू गरिने सूचनामार्फत जानकारी गराइएको छ ।

१८ वर्ष पूरा भई २२ वर्ष ननाघेका नेपाली नागरिकले असोज २४ गतेसम्म आवेदन दिन सक्ने सेनाले जनाएको छ । आठ कक्षा उत्तीर्णले पनि आवेदन दिन पाउनेछन् । इच्छुकले आजकै मितिबाट दरखास्त दिन सक्ने छन् ।

दरखास्त मिति असोज १६ गतेसम्म रहेको छ । त्यस्तै दोब्बर दस्तुरमा असोज २४ गतेसम्म कार्यलय समयमा दरखास्त दिन सकिनेछ । योग्यता पुगेका नेपाली नागरिकले आफ्नो पायक पर्ने स्थानबाट उम्मेदवार बन्न पाउने छन् ।

सम्बन्धित खबरहरु