काठमाडौं । सल्यानको कपुरकोट सोलावाङ्गमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । दाङबाट रुकुम पश्चिमका लागि जाँदै गरेको रा १ ख १७९२ बस सल्यान कपुरकोट ३ मा दुर्घटनाग्रस्त भएको हो । गाडी दुर्घटना हुँदा १५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूलाई उपचारका लागि राप्ती क्षेत्रीय अस्पताल दाङ पठाइएको छ । कपुरकोट प्रहरी चौकीका इन्चार्ज यामबहादुर बस्नेतले यस्को पुष्टि गर्नुभयो ।

उहाँका अनुसार गाडीमा २८ यात्रु सवार रहेका थिए । घाइतेहरूको थप विवरण आउन केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सडकको भित्तामा ठोक्किएर बस दुर्घटना भएको सल्यान प्रहरीले जानकारी दिएको छ ।

घाइतेहरुको अवस्था सामान्य रहेको पनि जिल्ला प्रहरी कार्यलय सल्यानका डिएसपी गोविन्द थापाले जानकारी दिनुभयो । उद्धारका लागि प्रहरी टोली त्यहाँ पुगिसकेको उहाँको भनाई छ ।

सम्बन्धित खबरहरु