काठमाडौं । वामदेव गौतमले पार्टी परित्याग गर्नुभएको छ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गर्नुभएको हो ।

नेता गौतमले एमालेको सबै पदबाट राजीनामा दिनु भएको छ । त्यो पत्र उहाँका स्वकीय सचिवमार्फत कार्यालय सचिव शेरबहादुर तामाङलाई बुझाइएको हो ।

५ पुस २०७७ मा संसद विघटनसँगै साबिकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई खेमामा विभाजित हुँदा गौतमले एकता अभियान चलाउदै आउनु भएको थियो ।

सर्वोच्च अदालतले २३ फागुनमा एमाले पुनस्र्थापना गरेपछि पनि पार्टीमा एकता हुन सकेन । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले अलग–अलग गतिविधि जारी राख्नुभयो ।

एमाले एकता अभियान चलाएका गौतम बेला–बेला अध्यक्ष ओली नेतृत्वको बैठकमा जानुभयो । पछिल्लो समय माधव समूहले पार्टी फुटाए साथ दिने गौतमको भनाई रहेको थियो ।

तर अहिले भने उहाँले जनताको बहुदलीय जनवाद (जबज)लाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने लगायतका शर्त अघि सार्नु भएको छ । नेता नेपालले नयाँ राजनीतिक पार्टी खोल्नु भएको छ ।

एमाले फुटाएर नेकपा एकिकृत समाजवादी पार्टी खोलेर नेपाल पक्ष शेर बहादुर देउवा नेतृत्वको सरकारमा सहभागि हुन लाग्नु भएको छ ।

सम्बन्धित खबरहरु