काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता खड्कबहादुर विश्वकर्माबीच शुक्रबार भेटवार्ता भएको गृहमन्त्रालयको सचिवालयले जनाएको छ ।

गृहमन्त्रीको सरकारी निवास पुल्चोकमा भएको भेटवार्तामा शान्ति प्रक्रियालाई टुंग्याउने विषयमा छलफल भएको थियो । छलफल सकारात्कम भएको सचिवालयको भनाई छ ।

यो पनि, नेपालगञ्ज विमानस्थलबाट चार किलो सुनसहित दुई जनालाई प्रहरीले पक्राऊ गरेको छ । शुक्रबार काठमाडौंबाट नेपालगञ्ज आएको श्री एअरको बिमानबाट नेपालगञ्ज आएका झापा र मोरङका दुई जनाको तलासी गर्दा चारकिलो काँचो सुन र अढाई तोला गहना बरामद गरेको बाँकेका प्रहरी प्रवक्ता डीएसपी मधुसूदन न्यौपानेले बताउनुभयो ।

सुन र पक्राउ परेका दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उहाँले बताउनुभयो। सुन सहित पक्राउ पर्नेमा झापा जिल्लाका अमिर लगुन बिश्वकर्मा र मोरङका बिश्वमान खाति रहेको डिएसपी न्यौपाने ले बताउनुभयो।

सम्बन्धित खबरहरु