काठमाडौ । पछिल्लो समय नेपाली आकाशमा त्यो पनि नेपाली सेनाको ब्यारेक माथी भारतिय सेनाको हेलिकोप्टर उडिरहेका तस्विर र दृष्यहरु बाहिर आएका छन् ।

यस सन्र्दभमा सरकार भने चुईक्क बोलेको छैन । दार्चुला जिल्लामा नेपालको हवाईक्षेत्र उल्लङ्घन गरी भारतीय हेलिकप्टर निरन्तर उडेको खबर बाहिर आएपनि नेपाल सरकारले यो बारेमा बोलेको छैन ।

यही सन्र्दभमा नेकपा एमालेका नेता डा. भीम रावलले दार्चुला जिल्लामा नेपालको हवाईक्षेत्र उल्लङ्घन गरी भारतीय हेलिकप्टर निरन्तर उड्न नेपाल सरकारले नै अनुमति दिएको हो भन्दै प्रश्न गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ दार्चुला जिल्लामा नेपालको हवाईक्षेत्र उल्लङ्घन गरी भारतीय हेलिकप्टर निरन्तर उडेको नेपाल सरकारलाई थाहा छ कि छैन ?

अनुमति दिएको हो भने के प्रयोजनको लागि दिएको हो ? गठबन्धनका लागि सरकार भनेको मन्त्रीको भागबन्डा, पार्टी फुटाउने र सत्ता हत्याउने मात्र हो कि देश र जनताको सुरक्षा गर्नु हो ?

हेलिकोप्टर नेपाली भूमि मिचेर बनाएको बाटोलाई पूर्णता दिनका लागि उडेको स्थानीयको दावी छ । त्यहाँ अत्यन्तै द्रुत गतिमा काम भइरहेको छ ।

सरकार परिवर्तन हुनासाथ त्यहाँ उच्च गतिमा काम भइरहेको स्थानीयले जानकारी दिएका छन् । नेपालको भूमि हुँदै भारतले चीनको पवित्र धार्मिक स्थल मानसरोवर जाने बाटो बनाइरहेको छ ।

तत्कालिन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा यही बाटोको सन्र्दभमा सरकारले आफ्नो भूमि दावी गर्दै पहिलो पटक नक्सा समेत निकालेको छ ।यो विवाद चलिरहेका बेला नेपालमा सरकार ढल्यो ।

त्यसको फाईदा लिँदै भारतले त्यो बाटो झनै उच्च गतिमा बनाईरहेको छ । त्यो बाटो सन् २००६ देखि बन्दै थियो । त्यो बीचमा गिरिजा प्रसाद कोइराला, सुशील कोइराला, पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराई, खिलनाथ रेग्मी, झलनाथ खनाल, माधवकुमार नेपाल, शेरबहादुर देउवा प्रधानमन्त्री बने तर कसैले चुइक्क बोलेनन् ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा बाटो उद्घाटन भएपछि ओली सरकारले प्रतिवाद पनि गर्यो अनि चुच्चे नक्सा पनि जारी गर्यो। यही कारण भारतिय शक्तिले ओली नेतृत्वको सरकार ढाल्न नेपालका राजनीतिक दल फुटाउने अनेकौँ षड्यन्त्र गरेको र त्यसमा नेपालका राजनीतिक दलहरु गोटी बनेको आँकलन छ ।

सम्बन्धित खबरहरु