काठमाडौ । सरकारले जारी गरेको स्मार्ट–लकडाउन सम्बन्धी कार्यविधि, २०७८ ले गरेको व्यवस्था अनुसार काठमाडौंका विद्यालय अब भौतिक रुपमा सञ्चालनमा आउने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको निणर्य अनुसार कार्यविधि अनुसार विद्यालय सञ्चालनमा आउने भएका हुन् ।

जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालय खोल्न पाइने भौतिक उपस्थितिमा पठनपाठन नगर्न भनिएको भए पनि स्मार्ट लकडाउनको प्रावधान भित्र रहेर कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु सञ्चाचालन गर्ने निर्देशन दिएको हो ।

यो निर्देशन आएसँगै अब विद्यालय खुल्ने तयारी भइरहेको छ । केही स्थानीय सरकारले त विद्यालय खोल्ने निर्णय नै गरिसकेका छन् ।

अब लामो समयपछि कोरोना भाइरस संक्रमण दरपनि न्युन हुँदै गएको छ । विश्वविद्यालयका रोकिएका परिक्षाहरुपनि भइरहेका छन् ।

कक्षा ११, १२ का परीक्षापनि गर्ने सरकारले निर्णय लिइसकेको छ । लोकसेवा आयोग लगायत विभिन्न निकायका विज्ञापन अनुसारका परीक्षापनि भइरहेका छन् । यो हेर्दा अब जनजीवन सामान्य बन्दै गएको छ ।

सम्बन्धित खबरहरु