काठमाडौ । नेपालको राजनीति बुढाखाडाले मात्र ओगटेका कारण नेपालको भाग्य र भविष्य बर्बाद भएको अधिकांशको बुझाई छ ।

बुढाखाडाले पार्टी छोड्नुपर्ने बिचार आइरहेको छ । तर उनीहरुलाई पछार्न युवाहरु अघि बढेका उदाहरण एकदम कम मात्र छ ।

विश्व राजनीतिमा युवा अवस्थामा नै देशको प्रधानमन्त्री बनिसकेका थुप्रै उदाहरण छन् । फिनल्याण्डकी प्रधानमन्त्री सना मारिन अहिलेसम्मकै युवा प्रधानमन्त्री हुन् ।

उनी ३४ बर्षमा प्रधानमन्त्री बनेकी छिन् । हालै नेपालबाटपनि विश्व राजनीतिमा गतिलो सन्देश जाने नतिजा आएको छ ।

नेपाली युवा वर्गलाई गहकिलो सन्देश बनेको छ । नेपालको राजनीति ओगटेर बस्ने बुढाखाडा नेतालाई भने झड्का लागेको छ ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा दैलेख जिल्ला दुल्लु–३ को वडा सभापति मा मात्र १९ वर्षिय किशोरी स्वस्थिका महत निर्वाचित भएकी छिन् ।

उनले आफूभन्दा दोब्बर तेब्बर उमेरकाहरुलाई पाखा लगाएर सभापति जस्तो गरिमामय पदमा आफूलाई आशिन गराइन् । उनलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !!

सम्बन्धित खबरहरु