काठमाडौं । ‘कमेडी च्याम्पियन–२’ बाट अभिनेत्री ऋचा शर्मा बाहिरिनु भएको छ । उहाँले आमा बन्ने मिति नजिकिएपछि शोबाट विश्राम लिनु परेको जानकारी दिनुभयो ।

गर्भवती ऋचाले उत्कृष्ट तीन प्रतियोगी छनौटसम्म निर्णायकको रुपमा शोमा सहभागीता जनाउनु भएकी शर्मा हुनुहुन्थ्यो । फाइनल प्रतियोगितामा भने उहाँ अनुपस्थित हुन लाग्नु भएको हो ।

अभिनेत्री शर्माले फाइनलमा उपस्थित हुने चाहना भए पनि स्वास्थ्यको कारण विश्राम लिएको प्रतिकृया दिनुभयो ।

डाक्टरले दिएको आमा बन्ने मिति नजिक आएकोले अहिलेसम्म शोमा रहे पनि फाइनलमा अनुपस्थित हुनुपर्ने उहाँको भनाई रहेको छ ।

ऋचा शर्माले बिदा लिएपछि शोमा निर्णायकको रुपमा अब सन्तोष पन्त, मनोज गजुरेल र प्रदिप भट्टराई मात्र हुनुहुनेछ । कमेडी च्याम्पियनको फाइनल आगामी असोज २ गते हुँदैछ ।

फाइनलमा अन्तिम तीन सहभागी भरतमणि पौडेल (ताप्लेजुङ), विक्की अग्रवाल (सिक्किम, भारत) र सन्तोष थापा (गोरखा)बीच प्रतिस्पर्धा हुनेछ ।

फाइनलमा पौडेल र अग्रवालबीच कडा स्पर्धा हुने देखिएको छ । अन्तिम ४ मा देखिएका कञ्चनपुरका हिक्मत महरा बाहिरिनु भएको थियो ।

सम्बन्धित खबरहरु