काठमाडौं । बलपूर्वक सम्बन्ध कायम गरेको आरोप लागेका कर्णाली प्रदेशका मन्त्रीले आफ्नो प्रतिकृया दिएका छन् ।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले ५ करोडको योजना दिन नसक्दा दुई वर्षअघिको भिडियो सार्वजनिक गरिएको आरोप लगाएका हुन् ।

उनले दुई वर्षको अवधिमा पीडित भनिएकी महिलाका पतिले विभिन्न ठाउँबाट आफ्नो नाम बेचेर ४२ लाख ५० हजार रुपैयाँ लिएको पनि बताएका छन् ।

सो समाचार प्रकाशित भएपछि कृषिमन्त्री शाहीले यसरी पीडित पक्षलाई विभिन्न आरोप लगाएका हुन् ।

मन्त्री शाहीले पीडित युवतीका पतिले विभिन्न व्यक्तिबाट कमिसन लिएको, एक गाउँपालिका उपाध्यक्षसँग आफ्नो सम्बन्ध रहेको आरोप लगाएको, आफ्नो छोरालाई विद्यालयबाटै नियन्त्रण गरेको लगायतको आरोप पनि लगाएका छन् ।

मन्त्री शाहीले पीडित पक्षलाई विभिन्न आरोप लगाएको अडियो अहिले सामाजिक सञ्जालमा भाइरल हुँदैछ ।

आफू मन्त्री भएपछि पीडित महिलाका पतिले ५ करोडको योजना मागेको भन्दै उनले भनेका छन, ‘योजना नहाल्दा दुई वर्षअघिको भिडियो सार्वजनिक गर्यो ।

स्वाकीय सचिव नबनाएको झोकमा पनि भिडियो बाहिर आएको हो ।’ शाहीले तत्कालीन स्वकीय सचिवकी श्रीमतीलाई त्यसरी दूर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको थियो ।

भिडियोमा पीडित महिला कोठाभित्रै देखिन्छिन् । बाहिरबाट ढोका ढकढक्याएको आवाज सुनिन्छ । पीडित महिलाले ढोका खोल्छिन् । खाटमा बस्ने बित्तिकै मन्त्री शाहीले उनलाई अंगालोमा बेर्छन् ।

प्रहरीको सम्पर्कमा पुगेका पीडितहरुले उक्त भिडियो २०७६ माघतिरको भएको बताएका छन् । मन्त्री शाहीले पीडित महिलाका पतिले विभिन्न व्यक्तिबाट झन्डै ५० लाख रुपैयाँ नगद लिएको दाबी गरेका छन् । आजको नागरिक दैनिकमा खबर छ ।

सम्बन्धित खबरहरु