काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले ठुलो संख्यामा कर्मचारी माग गरेको छ ।

लघुवित्तले ९ पदका लागि १३६ जना कर्मचारी माग गरेको हो ।

संस्थाले ब्यवस्थापकीय श्रेणी अन्तर्गत नायब कार्यकारी प्रमुख १ जना, बरिष्ठ प्रबन्धक (प्रशासन विभाग १ जना, प्रबन्धक) मानव श्रोत ब्यवस्थापन विभाग र आ.ले.प. विभाग प्रमुख २ जना, सहायक प्रबन्धक वित्त विभाग र योजना अनुगमन तथा मुल्याङ्कन विभाग प्रमुखमा २ जना कर्मचारी मागेको छ ।

त्यस्तै अधिकृत श्रेणीका लागि शाखा प्रमुख २० जना, सहायक शाखा प्रबन्धकमा ४० जना, जुनीयर केन्द्र ब्यवस्थापकमा ३० जना, सहायक प्रशिक्षार्थीमा ३० जना र कार्यालय सहयोगीमा १० जना कर्मचारी माग गरेको हो ।

जसका लागि संस्थाले स्नाकोत्तर उत्तिर्ण देखी आठ कक्षा उत्तिर्णसम्मको शैक्षिक योग्यता रहने पर्ने जनाएको छ ।

इच्छुक योग्यता पुगेको व्यक्ति सम्पुर्ण विवरण खुुलार्ई सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र संस्थाको केन्द्रीय कार्यालय बागलुङकोे ईमेलमा दरखास्त फाराम पेश गर्न सक्नेछन् ।

नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको ईजाजतपत्र प्राप्त राष्ट्रिय स्तर कार्यक्षेत्र भएको यस सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. बागलुङको लागि तपशिल बमोजिमका पदहरुमा पदपुर्ति गर्नुपर्ने भएकाले ईच्छुक योग्य उम्मेदवारहरुबाट निवेदनका साथ हालसालै खिचिएको पासपोर्ट साईजको फोटो, वायोडाटा, नेपाली नागरिकताको प्रतिलिपी, शैक्षिक योग्यताको प्रमाण-पत्र प्रतिलिपी तथा अनभवका प्रमाणपत्रहरुको प्रतिलिपी सहीत यो विज्ञापन प्रकाशित भएको मितिले २१दिन भित्रमा यस संस्थाको केन्द्रिय कार्यालय बागलुङको ईमेल vacancy.cycnlbsl मा दरखास्त फाराम पेश गर्नका लागि यो सुचना प्रकाशित गरिएको छ। छनौट सूचीमा परेका उम्मेदवारहरुलाई मात्र परीक्षा तथा अन्तर्वाताका लागि टेलिफोन तथा ईमेल मार्फत सुचीत गरिन्छ।

  • विज्ञापन न.: ०३/ २०७४/७९
  • श्रेणी: व्यवस्थापकीय श्रेणी
  • शैक्षिक योग्यता/अनुभव: मान्यता प्राप्त शिक्षण सस्थाबाट वाणिज्यशास्त्र/अर्थशास्त्रमा स्नातक तह वा सो सहरको परीक्षा उत्तिर्ण गरी वित्तीय संस्थामा कम्तीमा ४ वर्ष (अधिकत स्तरमा) कार्य गरेको अनुभव हुनुपर्नेछ।

Applying Procedure

(क) उमेरको हद: विज्ञापन नं ०१,०२,०३ र ०४ का लागि २१ वर्ष पुरा भई ४५ वर्ष ननाघेको, विज्ञापन नं. ०५ का लागि २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको, विज्ञापन नं. ०६, ०७ र ०८ का लागि १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको र र विज्ञापनन, ०९ का लागि १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको। व्यवस्थापकीय श्रेणीर अधिकृत श्रेणीका लागि मोटरसाईकल वा ड्राईभिङ लाईसेन्स अनिवार्य हुनुपर्नेछ।

(ख) छनौट प्रक्रिया: लिखीत तथा अन्तर्वार्ता

(ग) तलव भत्ता तथा अन्य सुविधाहरुः वित्तीय संस्थाको नियमानुसार हुनेछ।

(घ) दरखास्त फाराम: आवेदन फारम यस वित्तीय संस्थाको वेभसाईट www.cycnlbsl.org.np बाट डाउनलोड गरी प्राप्त गर्न सकिने छ ।

# फाराम सहीत आवश्यक कागजातको स्क्यान कपी तोकिएको समय भित्र उल्लेखित इमेलमा प्राप्त हुने गरी पठाउनु पर्नेछ । तोकिएको ईमेल ठेगाना बाहेक अन्य ठेगानामा पठाईएको आवेदनहरु मान्य हुने छैन । 

(ङ) परीक्षा दस्तुर: विज्ञापन नं ०१ का लागि रु.२०००/-, विज्ञापन नं. ०२,०३र ०४ का लागि रु.१५००/-विज्ञापन नं.०५र०६का लागि रु.१०००/- र विज्ञापन नं.०७, ०८ र ०९कालागिरु.५००/- परीक्षा दस्तुर लाग्नेछ। उम्मेदवारहरुले यस सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि.को नाममा रहेकोग्लोबल आई.एम.ई. बैंक लि., बागलुङको खाता नं. १२०१०१००००५६९ र नविल बैंक लि., बागलुङको खाता नं. २७०१०१७५००७३८ मा रकम जम्मा गरेको भोचर आवेदन सहित पठाउनु पर्नेछ। # फाराम सहित आवश्यक कागजातको स्वयान कपी तोकिएको समय भिन्न वित्तीय संस्थाको इमेलमा प्राप्त हुने गरी पठाउनु पर्नेछ।

(नोटः कर्मचारी आवश्यकताको विज्ञापन आशिक वा पूर्ण रुपमा रद्ध गर्ने सम्पूर्ण अधिकार यस वित्तीय संस्थामा निहित रहनेछ ।)

पदपुर्ति समिति
सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड
केन्द्रीय कार्यालय, बागलुङ, बागलुङ्ग नगरपालिका, वडा न.-३, बागलुङ्ग, फोन न.: ०६८-५२०८७७
Email: info@cycnlbsl.org.np, Website: www.cycnlbsl.org.np

सम्बन्धित खबरहरु